डाँडापारीको स्वर्ग हेर्न “क्याङ्सिङ जुगल” पदमार्ग घुम्न जाऔं (फोटो फिचर )

साँच्चै स्वर्गलाई गिज्याउने ठाउँहरु डाँडापारी जुगल भेगमा देख्न सकिन्छ ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोक प्राकृतिक र धार्मिक पर्यटकिय क्षेत्रले भरिपुर्ण ठाउँ । त्यस मध्ये पनि पोखरी नै पोखरीले भरिएको गाउँ पालिकाको रुपमा सिन्धुपाल्चोकको जुगललाई लिन सकिन्छ । साविकको गुम्बा गाबिस, हाल वडा नं. ३ भित्र मात्रै ठुलो क्षेत्रफलका दर्जनौं पोखरीहरु अवस्थित छन् । यी पोखरीहरु पर्यटकीय र धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको छ । त्यस्तै प्राकृतिक सौन्दर्यले समेत भरिपुर्ण यस क्षेत्र प्रचार प्रसारको अभावमा ओझेलमा छ ।

लामपोखरीको दृश्य

कुना कन्दरामा लुकेर रहेका यि स्थानहरुलाई विश्व सामु चिनाउनका लागि जुगलको वडा नं. ३ स्थित शेर्पा संस्कृति रहेको सुन्दर गाउँ क्याङ्सिङ हुँदै धार्मिक एवं पर्यटकीय महत्व बोकेको डुप्गाङ, लामपोखरी र तिनभाई पोखरी सम्मको नयाँ पदमार्ग “क्याङ्सिङ जुगल पदमार्ग” हालै व्यक्तिगत खर्चमा सुरुवात गरेका छन् । स्थानीय युवा समाजसेवी साङ्बो शेर्पाको व्यक्तिगत पहल र व्यक्तिगत खर्चमा स्वर्ग कै आभास हुने उक्त नयाँ रुटको सुरुवात गरेका हुन् ।

जुगल हिमशृङ्खला

जिवनमा केही गर्ने सोच थियो । जुन सोचलाई पुर्खाले चौंरी, भेडा डोहोर्याउने गोरेटो बाटो अनि चरण र गोठ राख्ने ती सुन्दर पाखाहरुलाई बिश्वमा देखाउछु भन्ने संधै लागिरहन्थ्यो ।” म सानै देखि त्यहि भेगमा चौंरी भेडा गोठमा पिठो, घाँसपात गरेर हुर्केको मान्छे, मलाई लाग्थ्यो यो यति सुन्दर ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन सके हाम्रो गोठालो जिवनमा केही राहत हुने थियो कि । साङ्बो शेर्पाले सुनाए । त्यसैले पनि आफुले अरुको मुख नताकेर आफैं केही गरौं भन्ने उद्धेश्यले आफू नजिकका साथीभाईलाई आग्रह गरि व्यक्तिगत रुपमै सबै बन्दोबस्त मिलाएर यी लुकेका स्थानहरुको प्रचारमा आफैं अग्रसर भएको बताउनुहुन्छ । 

उहाँको यस अभियानमा सबैभन्दा बढी हौसला आफ्नै पिता लाक्पा शेर्पाले दिनुभएको छ । ७२ वर्षको उमेरमा पनि उहाँ आफैं यस पदयात्रामा निस्किनुभएको हो । अन्य स्थानिय युवाहरु नोर्बु शेर्पा, कर्म शेर्पा, भिम तामाङ, जङ्ग तामाङ लगायतले साथ दिएका छन् । उनिहरु साङ्बो शेर्पाको यो अभियानको खुलेर प्रशंसा गर्छन् ।

बाटोबाट देखिएको दृश्य

यसरी जान सकिन्छ क्याङ्सिङ जुगल पदमार्ग
सर्वप्रथम काठमाडौंबाट व्यक्तिगत सवारी बाईक वा फोर ह्विल गाडी लिएर करिब साँढे ६ घण्टाको यात्रामा जुगल वडा नं. ३ को सुन्दर शेर्पा बस्ती क्याङ्सिङमा पुग्न सकिन्छ । जहाँ पुगेर १ दिनको बास बसि बिहानै ट्रेकिङको बन्दोबस्ती मिलाएर हिँड्न त्यति बानी नभएको हकमा १ घण्टाको उकालो यात्रा पश्चात् ग्याल्कुङ थान पुगिन्छ ।

सुन्दर शान्त लामपोखरी

जहाँ स्थानीय भाषामा साङ सेरकेम गरेपछि बाँकी उकालो हिँड्न सजिलो हुने बिश्वास छ । त्यहाँबाट सुन्दर दृश्य हेर्दै २ घण्टा जत्तिको उकालो हिँडाई पछि धेरैले धार्मिक रुपमा महत्वका साथ हेर्ने डुप्गाङ पुगिन्छ । डुप्गाङमा ठूलो चट्टानको मुनि रहेको गुफा भित्रको अलौकिक देवि देवता अंकित मन्दिरको दर्शन गर्न सकिन्छ । यस मन्दिरमा सानो भित्र छिर्ने ठाउँ रहेको छ । यदि मनमा पाप छ भनें त्यस्तो मानिस गुफा भित्रको मन्दिर दर्शन गर्न नै छिर्न नसकिने र धर्म हुने मात्र छिर्न सक्ने बिश्वास स्थानीयहरुले गर्ने रहेछ । यहाँबाट थोरै उकालो चडेपछी सिधै तेर्सोबाटो करिब २ घण्टाको हिँडाई पछि ठूलो ढुंगा पुग्ने गर्दछ । जहाँ पदपात्राको पहिलो क्याम समेत हो । १ रात यहि स्थानमा काटेपछि बिहानको खाजा खाएर हामी दोश्रो दिनको गन्तव्य लाम पोखरी तर्फ अघि बढ्न सकिन्छ । करिब २ घण्टाको तेर्सो हिँडाईमा हामी ग्याङखर्कामा पुगि बिहानको खाना खान्छौं । त्यसपछि करिब १-२ घण्टाको आराम पश्चात् लगातार ४ घण्टाको हिँडाई पछि आकर्षक लाम पोखरी पुग्ने गर्दछ । जुन हाम्रो दोश्रो क्याम समेत हो ।

क्याङ्सिङ जुगल पदमार्गको भिडियो ;

यस ठाउँ धार्मिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने रहेछ । यस ठाँउबाट जुगल हिम शृङ्खलाको प्राय सबै थुम्काहरुलाई मज्जाले हेर्न सकिन्छ । १ रात यसै ठाउँमा बिताएपछी भोलिपल्ट हामी खाजा खाएर करिब २ घण्टा उकालो लागेपछी जौले पोखरी पुगिन्छ । त्यसपछि हामी बिहानको खाना खान्छौं । खाना खाएर आराम पश्चात् हामी याङ्बाखर्का हुँदै अर्को धार्मिक एवं पर्यटकीय महत्व बोकेको तिनभाई पोखरी पुग्न सकिन्छ । जुन हाम्रो तेस्रो दिनको अन्तिम यात्रा अर्थात तीन दिने पदमार्गको गन्तव्य समेत हो । यो स्थान घुम्न साथ हामी तेश्रो क्याम्प नेसममा बाँस बसेर चौथो दिन नेसमबाट फुखर्का हुँदै सोम्दोङ – अम्बा खुलुङ्लुङ – खुबी हुँदै फक्छ्युबाट १:३० घण्टामा पुनः क्याङ्सिङ बेलुका पुगिन्छ ।

घामको झुल्को डाँडापारी ढुब्दै गर्दा

आवश्यक सामाग्री
२ जना बराबर १ सेट टेन्ट, प्रत्येकलाई राम्रो क्वालिटिको सिल्पिङ ब्याग, ट्रेकिङ ब्याग, पावर बैंक, क्यामेर, राम्रो ज्याकेट १ सेट, तातो ट्र्याक, हाईनेक, टोपि, पञ्जा, मोजा, जुत्ता, चस्मा, आवश्यक औषधि ।

जुगललाई टाढैबाट नियाल्दा

यसरी डाँडापारीको स्वर्ग “क्याङ्सिङ जुगल पदमार्ग” हेर्न वा घुम्न सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार