सागर स्याङ्तानको ल्होछार गित डम्फु त ताक धुइ सार्वजनिक

काठमाडौं
काभ्रे महाभारत गाउँ पालिका २, गोकुले का सागर स्याङ्तान (तामाङ) को स्वरमा सझिएको ल्होछार गित डम्फु त ताक धुइको भिडियो सार्वजनिक भएको छ। उनको यो पाँचौ गित हो। कृष्ण बहादुर स्याङ्तान र पन्चमाया स्याङ्तानको साईलो छोरा सागर सानै देखि गित संगितमा रुचि राख्दथे। जुन रुचीले निरन्तर गित संगितमा लाग्ने उनको धोको छ।

डम्फु त तक धुइमा शब्द सज्जन स्याङ्तान, संगित प्रतीक मोक्तान, एरेन्ज नोर्बु शेर्पा र मिक्सिङ दिपेश प्रधानको रहेको छ। त्यस्तै भिडियोको निर्देशन निमा लामा तामाङले गरेको हो भनें छायांकन बाबू जिम्बाले गरेका हुन। सम्पादन भने बिश्वास भण्डारीको रहेको गितमा उनेश, निर्मला, कैलाश र सकृना स्कृनमा देख्न सकिन्छ।

यस अघिका उनको गितहरुमा धिम ङाला गाङ्ग्याप फोक्सिनटार, टाटा सुमो, खानी खोला, माथी माथी माबर श्रोता दर्शक माझ ल्याईसकेका छन् । जुन गितहरु हेर्न अनि सुन्न युट्युबमा गै सङ बाई सागर स्याङतन टाईप गर्न सकिन्छ।

गित संगितमा लाग्नु सानै देखिको रहर रहेको बताउँछन् । जसमा लागेपछी आफुले सोचेको भन्दा राम्रो हौसला मिलेपछी झन झन नशा जस्तै लागेको उनको बुझाई छ।
गित संगीत क्षेत्रमा आफ्नै आफन्त पासाङ स्याङ्तान पहिले देखि नै आवद्ध रहेकोले यस क्षेत्रमा लाग्न गाह्रो नभएको उनको बुझाई छ। अझै नयाँ नयाँ गित पस्काउने उनको तयारी रहेको जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार