नेता बस्नेतले लिदि र जम्बु पहिरोमा अभिभावक घुमाएका ८ बालिकालाई १२ सम्म निशुल्क पढाईदिने

विगतमा सिन्धुपाल्चोककै केही स्थानमा निशुल्क कोचिङ कक्षा सन्चालन गरेका नेता बस्नेत कोहि पनि शिक्षाको उज्यालोबाट बन्चित नहुन् भन्ने चहानुहुन्छ।

सिन्धुपाल्चोक
पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले लिदि पहिरोमा अभिभावक घुमाएका ७ जना बालिका र जम्बुमा अभिभावक घुमाएका छिरिङ गोले को निशुल्क शिक्षाको व्यवस्था गरिने एक विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ। लिदिका स्मारिका दोङ, सबिता दोङ, दुर्गा दिङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ र नाम नखुलेका साङ बहादुर दोङकि छोरीलाई र जम्बुका छिरिङ गोलेलाई १२ सम्म पढाउने जिम्म लिने घोषणा गर्नुभएको हो।

शिक्षा प्रेमी युवा नेता बस्नेतले बिगतमा सिन्धुपाल्चोकका विभिन्न स्थानहरुमा शिक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने हेतुले निशुल्क कोचिङ कक्षा समेत पढाउनु हुन्थ्यो। उहाँले धेरै आफू भन्दा साना उमेरका भाइबहिनीहरुलाई यसरी निशुल्क रुपमा पढाएको गुण अहिले सम्मै चर्चामा छ।

यति मात्र नभै कोरोनाले नेपालकै पहिलो मृतक बाह्रबिसे नगरपालिकाकी महिलाबाट जन्मिएकी शिशुको समेत निशुल्क पढाईदिने व्यवस्थाको जिम्मा लिसक्नु भएको छ। विपत्ति पश्चात् सबैभन्दा अघि र दिल खोलेर सहयोग गर्ने नेताको रुपमा उहाँ सबै माझ परिचित हुनुहुन्छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार