ज्ञान सिं वाईबाको “परदेशी ज्योज्यो” मा परदेशीको पीडा र वेदना

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
सिन्धुपाल्चोक मेलम्चीका ज्ञान सिं वाईबा तामाङ धेरै वर्ष पछि पुनः गित संगितमा फर्किनु भएको छ । उहाँ पुराना मौलिक गितका सर्जक समेत हुनुहुन्छ । यस बिचमा केही समय विभिन्न कारणले सांगीतिक क्षेत्रलाई थाती राख्नु भएको थियो ।

उहाँले भर्खरै जिग्मे मिडियाको युट्युब च्यानल मार्फत नयाँ गित “परदेशी ज्योज्यो” लिएर आएका छन् । आफ्नै शब्द संगित रहेको गितमा स्वरमा साथ दिएका छन् गायिका जितु लोप्चनले । गितमा नेपालि र अंग्रेजीमा सबटाईटल समेत राखिएको छ ।

गितमा समसामयिक सामाजिक विषयबस्तुलाई विशेष रुपमा उठाएका छन् । नेपाली युवाहरु संग मिल्दोजुल्दो कहानीलाई गितको शब्दमा उतारेको गायक ज्ञान सिं बताउनुहुन्छ । उहाँका अनुसार जब कुनै युवा बिदेशिन्छन् तब घरमा छोडेर राखेको श्रीमती कमाएर पठाएको पैसा देखि बालबच्चा समेत छाडेर जाने जस्ता विषयलाई यस गितमा उतार्न खोजेको सुनाउनुहुन्छ ।

गायक वाईवाको यसअघि डम्फुला चरी, बैरागी च्याङ्वा, सिन्धुली नाम्सा तथा ठूली कान्छीजस्ता चर्चित तामाङ गीतहरू बजारमा आइसकेको छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार