काठमाडौं
कोरोना भाइरसका कारण बन्द रहेको निजि तथा सरकारी विद्यालयजरुमा अब भर्ना लिन दिने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । जसको लागि यहि श्रावण ८ देखि १५ सम्ममा शिक्षकहरु अनिवार्य आफ्नो कार्यक्षेत्रमा पुग्नुपर्नेछ ।
बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरण को प्रक्रिया अगाडि बढाउन पहिलो चरणको तयारी स्वरुप यो निर्णय गरेको हो । यो निर्णय गरेतापनी कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जानकारी आएको छ ।