NMC ले निकालिएको नर्सहरु पुनः फिर्ता बोलाउने भएपछी ताला खुल्यो

निकालिएको भनिएको नर्सहरुलाई पुनः काममा फर्काउने सहमति भएअनुसार प्रशासनमा लगाएको ताला खुलेको छ ।

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलले निकालिएको भनिएका ७६ करार सेवामा कार्यरत नर्स तथा कर्मचारीको करारअवधी थप्ने भएपछी अहिलेलाई प्रशासनमा लगाएको ताला खुलेको छ । कोरोना महामारीको समयमा करारमा कार्यरत नर्स तथा कर्मचारीलाई ननिकाल्ने मौखिक सहमति तोडेर साउन १ गतेबाट उनीहरुलाई जागिरबाट निकालेपछि बिरोध स्वरुप प्रशासनमा तालाबन्दी गरिएको थियो ।

७४ स्टाफ नर्ससहित अन्य करारको कर्मचारीहरुको अवधि नविकरण नगरेपछि स्वतन्त्र कर्मचारी ट्रेड युनियनको अगुवाईमा नर्स तथा कर्मचारीहरु आन्दोलित भएका थिए । युनियनका अध्यक्ष किरण केसीले निकालिएका नर्स तथा कर्मचारीलाई काममा फिर्ता बोलाउने सहमति भएसँगै आफुहरुको आन्दोलन हाललाई स्थगित भएको बताउनुभएको छ । विभिन्न चरणमा अस्पताल प्रशासन संग बसेको वार्ताबाट यस्तो कर्मचारीहरुबाट यस्तो निर्णय भएको हो । उहाँका अनुसार करार अवधि थप्ने सहमति भएपनि कहिलेसम्म भन्ने एकिन भने नभएको र यस विषयमा थप छलफल गरि १–२ दिनमा निक्र्यौल गर्ने सहमति भएको बताउनुभएको छ ।

युनियनले महामारीका समयमा अग्रपंतिमा खटिएका कर्मचारीमाथि अन्याय र अत्यचार भएको भन्दै यसविरुद्ध प्रशासनमा तालाबन्दी गरेका थिए । यदि तोकिएको समय भित्र करार नगरे थप आन्दोलन गर्ने समेत जानकारी जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार