कोभिड-१९ को बेला ज्यान दाउमा राखी ड्युटी गर्ने ७६ नर्स निकालिए-विज्ञप्ति सहित

प्रशासनमा ताला बन्द गर्दै निष्कासित नर्सहरुको पुनर्बहाली गर्न प्रेस विज्ञप्ति

  जन्मभूमि संवाददाता

काठमाडौं
जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा करारमा कार्यरत  ७६ जना नर्सहरुलाई एकाएक करार नविकरण नगर्न विभिन्न बाहना बनाइ ठुलो अन्याय गरेको सार्वजनिक भएको छ । कोभिड – १९ को बेलामा समेत आफ्नो जीवन दाउमा राखी ड्युटी गरिरहेका र विगतका वर्षहरुमा पनि आफ्नो कार्य दिनरात नभनी सेवा दिरहेका स्वास्थकर्मीहरुलाई विना कुनै कारण नभै जागिरबाट निकालिएको हो । २ वर्ष भित्र स्थायी हुने गरि सम्झौता भै काम गरेका नर्सहरुमा कतिपयको २ महिना मात्रै स्थायी हुने समयावधि बाँकी रहेको त्यहाँ कार्यरत एक नर्सले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ । यसरी थोरै समय मात्रै स्थायी हुने समय भएकोहरुलाई एकाएक अब काममा आउनुपर्दैन भन्दै हिजो असार मसान्त पश्चात् हाजिरी रजिस्ट्रारबाटै नाम हटाईदिएको गुनासो उनिहरुको छ । २ वर्षमा ४ पटक नवीकरण हुने करारमा धेरैको चौथो नविकरण समेत भैसकेको थियो । तर उनिहरुलाई समेत आजबाट जागिर गैसकेको प्रशासनले बताएपछि उनिहरु अचम्ममा परेको बताए ।

त्यहाँ कार्यरत केही नर्सहरुले विगतमा हाम्रै मेहनत र लगनलाई उपयोग र कतिपय अवस्थामा श्रम शोषण पनि गरी अस्पातलले भरपुर आम्दानी गर्ने , र अहिले यस विषम संकटको घडीमा स्वास्थकर्मीहरुलाई प्रोत्साहन र जोखिम भत्ता दिनुको साटो पाइरहेको तलब-भत्ता कटौती गरिआएको सुनाए । झन अहिले आएर यो अनुचित रुपमा निष्कासन गर्नुले अस्पातलहरु विशुद्ध नाफामुखी मात्र रहेको र आफ्ना कर्मचारीहरुलाई दासको रुपमा लिइआएको झन छर्लङ्ग रहेको बताउँछन् ।

यस्तो कार्यले सम्पुर्ण स्वस्थ्य संस्थाहरुमा कार्यरत स्वास्थकर्मीहरुलाई नि हतोत्साहित बनाउने उनिहरुको तर्क छ । कोभिडका कारण ४-५ महिना उलेख्य नाफा नभएको भनी यसरी तलब कटौती गर्ने र पछि आएर निष्कासन गर्ने अस्पातलले के विगतमा हामीलाई नाफाको लाभांश दिएको थियो र ? सधैं नाफामुखी हुने दौरानमा यसरी शोषण र अन्याय गरिरहने ? भन्दै प्रश्न गरेका छन् ।

⚫️प्रशासनमा ताला बन्द गर्दै निष्कासित कर्मचारीहरुको पुनर्बहाली गर्न प्रेस विज्ञप्ति
यसरी अस्पताल प्रशासनले आफ्नो स्वार्थ निहित तरिकाले एकाएक नर्सहरु निकालिएको विषयलाई लिएर
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र  कर्मचारी युनियन( आधिकारिक ट्रेड युनियन) ले  बिज्ञप्ति जारि गरेको छ । स्वतन्त्र  कर्मचारी युनियन का सचिब उमेश कार्की द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा स्वतन्त्र  कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन) र नेपाल मेडिकल शिक्षण अस्पताल व्यवस्थापन  बीच लिखित मौखिक सहमति र सम्झौता  भए अनुसार कुनै पनि कार्यन्वयन नगरिएकाले पटक पटक लिखित आग्रह गर्दा कुनै सुनुवाई नभएको तथा सो अस्पतालमा कार्यरत करार सेवा कार्यरत कर्मचारीहरुलाई  २०७७ साल असार ३१ गते प्रशासन शाखाबाट रोजगारी बाट निकालिएको  जानकारी गराईएकोले आधिकारिक ट्रेड युनियन घोर भत्सना गर्दछ भनिएको छ ।

साथै आधिकारिक ट्रेड युनियन र  व्यवस्थापन  बीच भएको सहमति बिपरित कार्य र यस्तो फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारणले महामारीमा अग्रस्थानमा रहि आफ्नो ज्यानको प्रवाह नगरी कार्यरत कर्मचारीहरु माथि  अन्याय र अत्याचार को बिरुद्द आजको मिति श्रावण १ गते  देखि  नेपाल मेडिकल शिक्षण अस्पताल प्रालिको सम्पूर्ण  प्रशासन शाखामा ताला लगाइएको जानकारी गराएको छ । साथै सो संस्थामा कार्यरत  सम्पूर्ण  करार  कर्मचारीहरुको  पुनर्बहाली नभए सम्म बन्दका कार्यक्रम यथावत गर्दै थप बिरोधका कार्यक्रम निकाल्ने जानकारी गराएको छ ।

विज्ञप्ति

यो पनि पढ्नुहोस् : https://www.janmabhumipost.com/?p=68063

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार