काठमाडौं
पछिल्लो समयमा चर्चामा रहेको नेपाली चलचित्र क्षेत्रका वादविवादले बजार तताएको छ । सकारात्मक र नकारात्मक टिकाटिप्पणीले सामाजिक संजाल रंगिरहेको छ । चलचित्र क्षेत्रकै नाम चलेका भनिएका कलाकारहरु बलेको आगोमा घ्यू थप्ने कार्य विभिन्न मिडियामा राखिएको धारणाले बुझ्न सकिन्छ । यस्तैमा चलचित्र समिक्षकहरुले भनें विवाद गर्नेहरुका लागि गतिलो प्रहार गरेका छन् ।
चलचित्र समिक्षक दिपेन्द्र लामाले एक अन्तर्वार्तामा चाईन, कोरिया, जापन, अमेरिका युके जस्ता देशका कलाकारहरुलाई महानायक नचाहिने तर हामीलाई चाहिँ चाहिने ? भनेर प्रश्न गर्नुभएको छ । उहाँले महानायकको पदावी संग मात्र आफ्नो विमति रहेको स्पष्ट पार्नुभएको छ । त्यस्तै थप्दै यदि भोलि कसैले महानायकको फिल्म कस्तो रहेछ भनेर कसैले हेर्यो भनें लाजमर्दो रहेको पनि बताउनुभएको छ ।
त्यस्तै सोही अन्तर्वार्तामा समिक्षक सामिप्यराज तिमल्सिनाले यदि त्यस्तै दर्शकले नेपाली फिल्म हेरे भने १० मिनेट पनि टिक्न गाह्रो रहेको टिप्पणी गर्नुभएको हो । उहाँले अहिले पैसा कमायो भनेर हल्ला फैलाईरहेको फिल्महरु कतिपयले एकछिन टिक्न समेत गाह्रो हुने तर्क राख्नुभयो । जसको फिल्म यसरी पूरा हेर्न नसक्ने अवस्थामा छ उसैलाई किन महानायक, युगनायक र मेघा स्टार चाहियो भन्नू भएको छ ।