दोर्जे डन ब्याक अगेनको “एला मिरी” सार्वजनिक

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
नाायिका सीता लामाको निर्देशनमा तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन चाडै प्रदर्शन हुने भएको छ । मंगलबार उक्त चलचित्रको गीत एला मिरी तथा फस्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले जानकारी दिएका हुन ।

सक्सेस फिल्मको ब्यानरमा निर्मित यस चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका छन । प्रकाश मोक्तानको कथा लेखन र नायिका सीता लामाको निर्देशनमा एक्शन प्रधान चलचित्र दोर्जे डन को सिक्वेलमा बनेको दोर्जे डन ब्याक अगेन पनि एक्शन प्रधान हुने अन्दाज गर्न सकिन्छ । चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायतले अभिनय गरेका छन् ।

चलचित्रको पहिलो गीत हेर्दा एक्सन संगै गीत संगीत पनि लोभ लाग्दो देखिन्छ । कुमार स्याङ्बा, बिशाल काल्तान र भगवती मोक्तानको को शब्द रचना लाईृृृ र बिशाल काल्तान र जोगलाल लामाको संगीतमा गायक गायिकाहरु बिशाल काल्तान, जितु लोप्चन, शशिकला मोक्तान, धर्मलाल लामा र प्रकाश लामाले स्वर दिएका छन् । लक्ष्मण घिमिरे , बिक्रम मोक्तान र अभिषेक माझीको छायाँकन रहेको चलचित्र रोधी डिजिटलमा मेक बहादुर थापाले सम्पादन गरेका हुन ।

चाडै नै चलचित्रको ट्रेलर र भिडियो सार्वजनिक गर्ने नायक कुमार मोक्तानले जानकारी दिनुभयो । साथै बन्दाबन्दी खुले लगत्तै सहज वातावरण हुनासाथ चलचित्र प्रदर्शन हुने बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार