आनीहरुलाई समाजमा सरिक गराउन प्रशिक्षण

  जन्मभूमि संवाददाता

काठमाडौं
देशभरका विभिन्न गुम्बा तथा बिहारहरूबाट आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने गोष्ठी २०८० सम्पन्न भएको छ । बुधवार र बिहीबार ककनीस्थित होटेल न्यू प्रिन्स होटेलको सभा हलमा भएको गोष्ठीमा करिब ७० जना आनी तथा गुरुआमाहरू सहभागी भएका थिए ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै गुम्बाका कार्यकारी निर्देशक होम दोङले बौद्ध दर्शन प्रवर्द्धन गराउने उद्देश्य महत्त्वपूर्ण रहेको बताएका छन् । उनले थेरबाद‚ महायान र बज्रयान संरक्षणार्थ भएको बताउँदै सबै ज्ञानलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने बताएका थिए ।
समितिले पुलको काम गर्छ‚ उनले भने‚‘गुम्बा र विहारमा मात्रै सीमित नगर्ने गरी पाली वा भोट भाषामा लिइएको ज्ञानलाई गाउँ गाउँसम्म पुर्‍याउन यो कार्यक्रम महत्त्वपूर्ण छ ।’
यसै गरी समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिगडोल) ले शाक्यमुनि बुद्धको अनुसार महिला र पुरुषको सहअस्तित्वलाई स्विकार्दै आनीहरु सक्रिय गराउने उद्देश्य भएको बताए । उनले ज्ञान हस्तान्तरण पनि समान ढङ्गले अगाडि बढाउने बताउँदै अहिलेको आधुनिक माध्यम मार्फत लैजानुपर्ने बताएका थिए।
अध्यक्ष खेन्पो थुप्तेनले भने‚ ‘बोधिसत्त्व अनुसार अरूको दुखलाई ग्रहण गर्दै सहयोग गर्नुपर्ने बताउँदै क्षमता विकास गर्नुपर्छ।’
उनले अध्ययनका साथसाथै अभ्यास पनि गराउनुपर्ने बताए ।
दुई दिनसम्म चलेको गोष्ठीमा आचार्यद्धय नुर्बु शेर्पा र सार्की शेर्पा‚त्रिवि उपप्राध्यापक कुमारी लामा र उत्प्रेरक विकासदेव योन्जनले प्रशिक्षण दिएका थिए ।
आचार्य नुर्बुले ‘सामाजिक सशक्तीकरणमा आनीहरुको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै आचार्य सार्कीले ‘बौद्ध शिक्षाको विस्तारमा आनीहरुको भूमिका’ विषयमा प्रशिक्षण गरेका थिए ।
त्यस्तै दोस्रो दिनमा त्रिवि उपप्राध्यापक कुमारी लामाले ‘समाज सुधारमा आनीहरुको भूमिका’ र उत्प्रेरक विकासदेव योन्जनले ‘आनीहरु समाजमा सकारात्मक परिवर्तनका संवाहक’ विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा सहभागीहरुले गुम्बा विहारहरुमा गुरु र शिष्यहरुबिचको भिन्नता व्यापक रहेको बताएका थिए । उनीहरुले लैङ्गिक विभेदहरु भएको बताउँदै विश्वविद्यालयसम्म पढ्न पाउने अवसरहरु गुमाउनुपर्ने अवस्था आइपरेको समेत जानकारी गराएका थिए ।
यस्तै प्रश्न उत्तरका क्रममा गुम्बाभित्र लामा र आनीहरुबिच विभेदहरु भएको बताउँदै निर्णायक भूमिकामा लामा (पुरुष) नै हुने हुँदा आनी (महिला) ले अवसर नपाएको गुनासो गरेका थिए ।
गोष्ठीमा सहभागी गुरुआमाले यस्ता गोष्ठीहरु सबै आनी गुरुआमाहरु सहभागी हुन आवश्यक रहेको औंल्याइन् । उनले बुद्धले नारी र पुरुषबिच विभेद नरहेको बताउँदै हामीमा सङ्कुचित भावनाले गाँजिदा विभेदका पाटाहरु बढेको बताइन् । उनले बुद्धले भनेजस्तै बुझ्ने र बुझाउने नै बुद्धको शिक्षा रहेको उल्लेख गरिन् ।
सहभागी अर्की आनी समधावङले प्रशिक्षणले डरलाई परस्त गरेको बताउँदै बाहिरी ज्ञानलाई थप ग्रहण गर्न पाउँदा खुशी लागेको बताइन् । यस किसिमको ज्ञान गुम्बाका लिडरहरुलाई समेत सहभागी गराउन सके थप प्रभावकारी हुने बताइन् । गोष्ठीको संयोजक लक्ष्मी रुम्बाले गरेकी थिइन्।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार