लिसंखु स्थित छ्योइफेल कुन्देलिङ गोन्पाका प्रमुख नोर्बु लामाको निधन

प्रमुख नोर्बु लामा सैलुङअनलाइनका सञ्चालक श्यामलाल लामाका पिता हुन्

  जन्मभूमि संवाददाता

काठमाडौ

सैलुङअनलाइनका डट कमका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक परेको छ । अध्यक्ष लामाको बुबा नोर्बु लामाको ८५ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय लामाको लामो समयदेखि मुटु रोगको उपचार हुँदै आइरहेको थियो । महाराजगञ्ज स्थित शिक्षण अस्पतालको मनमोहन कार्मेडियोथ्योरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारकै क्रममा उनको निधन भएको हो । लामाको सोमबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. २  भुस्कुन निवासी लामा लामा शिक्षामा निपुण थिए । लामाले काभ्रे‚ रामेछाप‚ दोलखा जिल्लाका  तामाङ बस्तीहरूमा पुरेत लामाको जिम्मेवारी निभाउँदै आएका थिए ।

उनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान २०७३’ बाट सम्मानित भएको थियो ।

स्वर्गीय लामा छ्योइफेल कुन्देलिङ गोन्पा लिसंखुका प्रमुख लामा हुन् । स्वर्गीय लामाका ४ छोरा र ३ छोरी छन् ।

स्व. लामाको सिमलटारस्थित आफ्नै निवासमा बौद्ध धर्म अनुसार पूजापाठ गरिरहेका छन् । पारिवारिक स्रोतका अनुसार लामाको बुधवार टेकुस्थित धुर्ठोइ रामाढोलीमा दाहसंस्कार गरिने जनाइएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार