जुगलको बोल्देमा यहि ७ गते बृहत् सोनाम ल्होछार कार्यक्रम हुँदै, सबैमा निमन्त्रणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँपालिकाको वडा नं. ३ बोल्दे गाउँमा बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ। बोल्दे युवा समूह र बोल्दे आधारभुत विद्यालयको आयोजनामा हुने उक्त कार्यक्रम यहि फागुन ७ गते सम्पन्न हुने वि.व्य.स. अध्यक्ष एवं कार्यक्रम संयोजक अभि लामाले बताउनुभयो।

“तामाङ भाषा र संस्कृति हाम्रो पहिचान, घरघरबाट ल्होछार मनाऔं हाम्रो अभियान” भन्ने मुल नाराका साथ कार्यक्रम भव्य रुपमा हुन गइरहेको संयोजक लामाले जानकारी दिनुभयो।

कार्यक्रममा ख्यती प्राप्त राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन, प्रीतम गोले, रोश्न लुङ्बा, ॐ वाइबा, संजिब घिसिङ, तेज थिङ, प्रेम योन्जन, मोडल ल्हामिन तामाङ, प्रेम दोङ र मोडल कायरा तामाङले मनोरञ्जनात्मक कला प्रस्तुत गर्ने अर्का संयोजक जीवन तामाङले बताए।

यति मात्र नभै विभिन्न विद्यालयहरुको प्रस्तुति, स्थानीयको मौलिक भाका, बोन्बो नाच समेत देखाइने आयोजकको भनाइ छ। गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष हिमाल श्रेष्ठको विशेष आतिथ्यतामा हुन गइरहेको ल्होछार कार्यक्रम पुरानो स्कुल डाँडामा हुनेछन्। आयोजकले सम्पुर्ण ल्होछार प्रेमी महानुभावहरुलाई अनिवार्य उपस्थितिको लागि निमन्त्रणा समेत गरिएको छ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार