गायक निमा पाख्रीनले ल्याए नेपाली पप गित “माया तिमिलाई नै”

  प्रीतम कुमार तामाङ

काठमाडौं
गायक निमा पाख्रीन लामाको स्वरमा सझिएको नयाँ नेपाली पप गित “माया तिमिलाई नै” को भिडियो सार्वजनिक भएको छ। समय सुनुवारको शब्द, संगीत र एरेन्ज रहेको गित टर्टल स्टुडियोमा रेकर्ड गरिएको हो भनें अर्पण थिङले मिक्सिङ गरेका छन्।

गायक लामाले शेर्पिनी आजि, ओइ साइली, तिङ्री फोटो, तोङ्बाको पानी, माथी माथी, आप्पाको छोरा लगायत दर्जनौं गितहरु गाइसकेका छन्। जुन युट्युबमा निकै चर्चा कमाउन सफल छन्।

सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंलाई आफ्नो कर्मभुमि बनाइरहेका गायक लामा गित संगीतमा सानैदेखि रुचि राख्थे। उनले सेलो गित संग संगै नेपाली पप गितहरुमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन्।

भर्खरै निमा पाख्रीन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक “माया तिमिलाई नै” को भिडियोमा उनलाई आङ फुलि चावले साथ दिएकी छिन्। समय सुनुवारकै छायांकनमा खिचिएको भिडियोलाई कृष्ण ब्लोनले सम्पादन अनि कलरिङ गरेका हुन्।
भिडियो;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार