गायक आस्मान लोप्चन र गायिका रचना रिमालको सो माया सोसित” गितको भिडियो सार्वजनिक

  प्रीतम कुमार तामाङ

काठमाडौं
सेलो गित संगितमा विशेष गरि आफ्नो आवाज दिनुभएका गायक आस्मान लोप्चनको नयाँ गित सो माया सोसित नेपालि लोक भाका बजारमा आएको छ।
गायक लोप्चनको आवाजमा सेलो मात्र सुनिरहनु भएको दर्शकहरुका लागि भने पक्कै यो गित फरक स्वाद हुनेछ। गितमा गायक आस्मान लोप्चनलाई चर्चित गायिका रचना रिमालले साथ दिएकि छिन्। गितमा भनेको छ कि सो माया सोसित तिम्रो ब्वाईफ्रेण्ड छैन भने जाऊन मसित – सो माया सोसित सबै केटा उस्तै लाग्छ जाउ म कोसित। गायक गायिकाले एकले अर्कोलाई सिदासिधै प्रस्ताव गरेको गितको भिडियो गज्जबको बनेको छ।


सिन्धुपाल्चोक जिल्लाको मौलिक भाका खान्दोके सेलोका प्रबर्दक गायक लोप्चनको आफ्नै शब्दमा तयार भएको गितको थेगो संकलन भने तिर्थ बहादुर लामा (अमृत) ले गरेको हो। कर्साङ लामाले संगित तथा संगित संयोजन गरेको गितको ध्वनि सम्पादन समेत लामालेनै गरेका हुन्।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गितको बारेमा गायक लोप्चनलाई हामिले गरेको प्रश्न, गित कसरि तयार भयो भन्ने कुरामा गायक यसो भन्नु हुन्छ – सुरुमा यो गित मेरो एकल गायन गाउने सोचेको थिए जब ल्होछार कार्यक्रममा बेलायत पुग्दा त्यहाँ स्टेजमा शो गित प्रस्तुत गर्दा सबैले रुचाएकोले युगल बनाएको हो। बेलायको बर्मिङह्याम देखि लण्डनको ५ घण्टाको बसको यात्रामा पुरा गित लेखेको थिए। त्यसैले अहिले यो गितमा मेरो र रचना रिमालको आवाज रहेको छ।


Idle Creation & Entertainment ले निर्माण गरेको भिडियो भने सोहि युटुब बाट बजारमा ल्याएको छ। भिडियोमा गायक आस्मान लोप्चन ,कलाकार छिन्टु शेर्पा ,निरोज तामाङर सुमिता चौधरिको नृत्य अभिनय देख्न सकिन्छ। त्रिलोक लामाले छायांकन सम्पदान एवम रंग संयोजन गरेको गितको भिडियोलाई काजि लामा (Mr.Kaji) ले निर्देशन गरेको हो भने लाक्पा दोर्जे तामाङले नृत्य निर्देशन गरेका हुन्।

गितको भिडियो पनि हेर्नुहोस;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार