अभि र अनिताको “आन्भी प्रोडक्सन” ले मनाए १ वर्षको उत्सव

  प्रीतम कुमार तामाङ

काठमाडौं
बौद्ध नयाँबस्ती स्थित “आन्भी प्रोडक्सन” हाउसले १ वर्ष पार गरेको अवसरमा उत्सव मनाएका छन् । प्रोडक्सन संग विशेष रुपमा नजिक रहेर काम गरिरहेका व्यक्तिहरुको उपस्थितिमा छोटो अनौपचारिक कार्यक्रममा केक काटेर मनाएका हुन् ।

प्रोडक्सन हाउसले सबैभन्दा पहिलो भिडियो गायक एवं संगीतकार शुभ तामाङको “घर्रमा घुर्‍अ” गितको भिडियो मार्फत यात्रा सुरु गरेका थिए । हाल सम्ममा ९ वटा गितको भिडियो प्रोडक्सन गरिसकेको संचालकद्वय अभि लामा र अनिता गोलेले जनाए ।

यसै अवसरमा उपस्थित हुनुभएका नेपाल तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङले भिडियो प्रोडक्सनको काममा आन्भीले यति छोटो समयमा पाएको सफलताको प्रसंशा गरे । दोङका अनुसार यस प्रोडक्सन हाउसले निर्देशन, कोरोयोग्राफी, कोरस, ड्रेस सम्म सबै प्याकेजको सुविधा समेत एकै ठाउँबाट उपलब्ध गराउनु पनि धेरै सजिलो भएको बताउनुभयो ।

त्यस्तै वरिष्ठ गायक एवं संगितकार शम्भु राईले अभि र अनिता संगको सहकार्य निकै सुमधुर भएकोले र उहाँहरु संग हाल सम्म गरेको सहकार्य पनि उत्कृष्ट भएकोले लगातार काम भैरहेको बताउनुभयो । राईले आन्भी प्रोडक्सन ले १ वर्ष पार गर्दै सयौं साल सम्म सबैको मन जित्ने कृयशन लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

अन्य उपस्थित व्यक्तित्वहरुले पनि आन्भीको उन्नति, प्रगति र निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । आन्भीको तर्फबाट अभि लामाले सबैलाई धन्यवाद दिँदै भन्नू भयो, “हामी अहिले सम्म अघि बढ्नुमा सबैको साथ सहयोग र सहकार्यले गर्दा नै हो । अझै हामी अघि बढ्न यहाँहरुको यस्तै सहयोग रहिरहने छ भन्ने बिश्वास छ ।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार