डेढ वर्ष पश्चात् पौष ३ गते धर्म गुरु कुसुम लामाको सदगत गरिने

  प्रीतम कुमार तामाङ

काठमाडौं
मेलुङ गाउँपालिका-४ दोलखा, भेडपु निवासी श्रद्धये धर्मगुरु उर्गेन छोईलिङ गुम्बा भेडपुका प्रमुख धर्मगुरु कुसुम लामा ज्यु आज भन्दा डेढ बर्ष अघि काठमाण्डौंमा बित्नुभएको थियो । उहाँको पार्थिव शरीर तत्काल सदगत नगरी एक बर्ष सम्म पुजापाठ गरेर त्यस पश्चात मात्र सदगत गर्ने बौद्ध धर्म गुरुहरुको निर्णय बमोजिम हाल सम्म सदगत गरिएको छैन ।

गुरुहरुकै सल्लाह र पारिवारीक छलफल पश्चात बौद्ध धर्म गुरु लामाको पार्थिव शरीर (कु दुङ) लाई यही मिति २०७८ पौष ०१ र ०२ गते (December 16th & 17th) का दिन छयोर्तेन टाशि तामाङ गुम्बामा राखी पूजा तथा भक्तजन-आफन्तहरुलाई दर्शन गराउने तथा पौष ३ गते (December 18th) दुर्ठो टेकुमा पार्थिव शरीरलाई अन्त्येष्टि गरिने हुँदा सम्पूर्ण भक्तजन तथा आफन्तजनहरुमा जानकारी गराउनुभएको छ ।
तालिका;
क) पौष १ र २ गते – पुजा तथा दर्शन (तामाङ गुम्बा, जोरपाटी)
ख) पौष ३ गते – पार्थिव शरीर अन्त्येष्टि (टेकु)

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार