“ज्योमो गाङ फिल्म अवार्ड” को दोस्रो संस्करण क्यालिफोर्नियामा हुने

  प्रीतम कुमार तामाङ

काठमाडौँ
“ज्योमो गाङ फिल्म अवार्ड” को दोश्रो संस्करण क्यालिफोर्नियामा हुने भएको छ । अवार्ड आउँदो २०७९ बैशाख १ अर्थात अप्रील १४ तारेखका दिन फाइनल हुने आयोजक हुकुम मल्टिमिडिया प्रा.लि. ले गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । यस अघि कम्पनीले गएको २०७६ माघ ८ मा थाइल्यान्डको पटैयामा पहिलो अवार्ड कार्यक्रम गरेका थिए । 

नेपालको विभिन्न आदिबासी जनजाति मातृभाषामा निमार्ण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम यस मिडियाले प्रत्येक बर्ष निरन्तर अवार्ड गर्दै आएको छ । यस्तै अवार्ड प्रत्येक वर्ष आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनी बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण बिचको बर्षहरुमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको मिडियाका अध्यक्ष धन बहादुर बम्जन (डि.बि.) ले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

बम्जनले भन्नू भयो ‘अब भने बिस्तारै चलचित्र निमार्ण प्रदर्शन लगाएत बिभिन्न गतिबिधिहरु चलाएमान हुदैँछन । अब सबै तिर सक्रिय गराउदैं चलचित्र क्षेत्रलाई चलायमान बनाउनु आबश्यक छ ।’ अध्यक्ष बम्जनले नेपालका सम्पुर्ण आदिबासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुलाई चलचित्र उपलब्ध गराई सहयोग गरिदिन आव्ह्वान गरेका छन ।

पत्रकार सम्म्लेनमा बोल्दै कलाकार संघका पुर्वमहासचिव एंव अभिनेत्री सरिता लामिछानेले अवार्ड निष्पक्ष हुनुपर्नेमा जोड दिइन । त्यसैगरी बरिष्ठ चलचित्र निर्देशक ॠषि लामिछानेले यस्तो खालको अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले यस्ता अवार्डले मातृभाषाको रक्षाको निम्ती सहयोग पुग्ने बताए ।

त्यसैगरी चलचित्र प्राविधिक संघका अध्यक्ष पुषकर लामाले फिल्म टुरिजममा जोड दिन सरकारसँग आग्रह गरेका छन ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हेर्न दर्शकहरु हलमा आउनु पर्ने र हलहरु सेफ जोनमा रहेको बताए ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड, आदिबासी जनजाति चलचित्र महासंघ लगाएत बिभिन्न संघ संस्थाको सहकार्य रहनेछ । त्यसै गरि अमेरिकाको स्थानिय व्यवस्थापनमा द वल्ड नेपाल न्युज र ८८४८ पिक्चर्स डट कम लगाएत बिभिन्न संघ संस्था सँग सहकार्य रहेको छ ।

यस अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, चलचित्र, निर्देशक, छायांकन,सम्पादन लगायत बिभिन्न १३ बिधामा अवार्ड बितरण गरिनेछ । अवार्ड प्रतियोगिताका लागि फारम आदिवासी जनजाती चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यलयमा उपलब्ध हुने आयोजकले जानकारी दिएका छन् ।                                                                                                                            तामाङ मौलिक खान्दोके सेलो “बैलासी थेबा” हेर्न ;           

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार