काठमाडौं
बलेफी गाउँ पालिका ८ लामोसाँगुकि ब्रेन क्यान्सर पीडित ३० वर्षे सुनिता लामालाई नगद ३० हजार उपचार खर्च सहयोग गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि एवं शिक्षिका सानुमाया तामाङको पहलमा लामालाई सहयोग जुटाएका हुन् ।
सहयोग रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएकी तामाङले आर्थिक अवस्था अति कमजोर रहेकी लामालाई सहयोग गर्न सबै दानी मनहरुमा अपिल समेत गर्नु भएको छ । सहयोग रकम नेपाली काँग्रेस क्षेत्रीय उपसभापति रामकुमार तामाङ, बलेफी ८ का इकाई सभापति सुभाष तिमल्सिना र युवा नेता राजेश कार्कीबाट प्राप्त भएको तामाङले बताईन् ।
क्यान्सरबाट ग्रस्त लामा हाल उपचाररत हुनुहुन्छ । सबैले सकेको सहयोग गरे बाँच्ने आशामा छिन् सुनिता ।