सिन्धुका ३ अस्पतालमा ब्लड स्टोरेज रेफ्रीजेरेटर दिँदै पुर्व मन्त्री बस्नेत

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
अब सिन्धुपाल्चोकका ३ वटा अस्पतालहरुमा ब्लड स्टोरेज गर्न रेफ्रीजेरेटर राखिने भएको छ । वर्षै पिच्छे बाढिपहिरोको बिनाशकारी आतंक र अन्य रोगका शिकार भएका तथा दुर्घटनामा परेकाहरुलाई रगत आवश्यक पर्दा रगत स्टोरेज गर्ने रेफ्रीजेरेटर अहिले सम्म जिल्लामा उपलब्ध छैन ।

यसैलाई मध्यनजर गर्दै पुर्व मन्त्री एवं नेपाली काँग्रेस बाढिपहिरो विपद व्यवस्थापन समितिका संयोजक मोहन बहादुर बस्नेतले तत्काल जिल्लामा रेफ्रीजेरेटर राख्ने निर्णय बमोजिम तिब्र गतिमा काम अघि बढेको जानकारी दिनुभएको छ ।

विपद समितीको जिम्मेवारी पाएको थोरै समय भित्र ३ वटा अस्पतालमा ३ वटा रेफ्रीजेरेटर राख्नका लागि मनकारी काँग्रेसजनले सहयोग गरेको बताउनुभयो । बाह्रबिसे अस्पतालमा रेफ्रीजेरेटर राख्नका लागि बलेफी गाउँपालिका वडा नं. ८ निवासी व्यवसायी एवं नेपाली कांग्रेसका युवा नेताहरु सुभाष तिमल्सिनाले रु ४,००,०००/- (रू चार लाख) र उमेश प्रधानले रु १,००,०००/- (रु एक लाख) उपलब्ध गराएको नेता बस्नेतले जानकारी दिनुभएको छ । उक्त रेफ्रीजेरेटर अडर भैसकेको र छिटै प्राप्त हुने भएकोले तुरुन्तै अस्पताल पुऱ्याईने जानकारी पनि गराउनुभएको छ ।

त्यसैगरी मेलम्ची अस्पतालका लागि रेफ्रीजेरेटर र भेण्टीलेटर राख्न मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर श्री अंजना देबी मधीकर्मीको नेतृत्वमा नेता बस्नेत सँग गएको टीमले रु ११,११,१११/- ( रु एघार लाख एघार हजार एक सय एघार) यस अगाडी नै मेलम्ची नगरपालिकाको मेयरलाई हस्तान्तरण गरी सकेको र चौतारा अस्पतालका लागि युवा ब्यबसायी एवंम् नेपाली कांग्रेस भोटेकोशी गाउँपालिकाका कोषाध्यक्ष अमृत कार्कीले आफ्नै समूहवाट तुरुन्तै ब्यबस्था गरी दिने वचन दिनु भएको जनाए ।

मानवीय संवेदनाको पुनित कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई उच्च मूल्यांकन गर्दै बस्नेतले हार्दिक धन्यवाद दिनुभएको छ । बस्नेतले यसअघि जस्तो रगतको अभावमा जिल्लाका सुत्केरी आमा लगायत दुर्घटनामा परि ज्यान गुमाउनुपर्ने अवस्था नरहने बताउनुभयो । जिल्लाको हरेक विपदमा आफ्नो जिउ ज्यानले भ्याए सम्म लागिपर्ने उहाँको भनाई छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार