चनौटे आइसोलेसन सेन्टरमा नि:शुल्क करिब डेढ महिना सेवा गरेका पौडेलको चौतर्फी प्रशंसा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
रत्नराज्य मा.वि. का शिक्षक अभिभावक संघका अध्यक्ष रबिन्द्र पौडेलको त्याग र समाज प्रति पुर्याएको योगदानको चौतर्फी प्रशंसा गरेका छन् । उनले बलेफी-जुगल गाउँ पालिकाको संयुक्त आइसोलेसन सेन्टर चनौटेमा करिब ३ महिना नि:शुल्क स्वयंसेवक भएर काम गर्नुभएको हो ।

उनले समाजप्रति निस्वार्थ भावले सेवा पुर्याए बापत नेपाली काँग्रेस जुगल गाउँ पालिका र रत्नराज्य मा.वि. ले उच्च मुल्यांकन गर्दै पत्र मार्फत जानकारी गराएका छन् । पौडेलले आइसोलेसनमा उपचाररत कोभिडका बिरामीहरुलाई खाना बनाउने देखि पौष्टिक आहार दिलाउनका लागि ठूलो योगदान पुर्याउनुभएको थियो ।

कोभिडले संसार त्रसित भैरहेको बेला आफ्नो ज्यानको समेत प्रबाह नगरी निरन्तर कोभिड पोजेटिभको स्याहर, सुसारमा समय खर्चिनुभएको थियो । यसअघि पनि पौडेलले स्थानीय मृगौला पीडित युवकको सहयोगार्थ आर्थिक संकलन अभियान चलाएका थिए ।

पत्र;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार