तरुण नेता लामाद्वारा सुनकोसी ५ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक
नेपाल तरुण दल सुनकोसी गाउँ पालिका सिन्धुपाल्चोकका अध्यक्ष युवा नेता, युवा ब्यबसायी तथा समाजसेवी थुप्तेन लामाले वडा नं. ५ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । कोभिड १९ बाट प्रत्यक्ष असर पारेको, आर्थिक अबस्था कमजोर र अति विपन्न वर्ग हरुको लागि दाल, चामल वितरण गरेका हुन् ।

राहत पाउनेमा दलित, वृद्धभत्ता पाउने उमेर भएपनी नपाएका एकल महिला पुरुष र दैनिक छाक टार्न धौधौ हुने परिवार रहेको लामाले जानकारी दिनुभयो । उनका अनुसार सो वडाका कोभिडका कारण बिहान बेलुका छाक टार्न गाह्रो भएका अन्यहरुको पनि पहिचान गरि छिटै खाद्यान्न वितरण गरिने जनाए ।

यस पल्ट लामाले व्यक्तिगत खर्चमा वडाका रतनकोट, सिल्कु, गोइमासेका ११ परिवारलाई वितरण गरीएको हो । “अहिले विश्व नै कोरोना महामारी सँग जुधिरहेको बेला हुने खानेले हुँदा खानेलाई सकेको सहयोग गर्नु पर्ने लामा बताउनुहुन्छ ।” उनले राहत वितरणमा सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद ज्ञापन समेत गर्नु भयो ।

लामाले यस अघि पनि अनाथ बालबालिकाहरुलाई सकेको सहयोग गर्दै आउनुभएको छ । राजनीति, व्यवसाय र समाजसेवामा अघि बढिरहेका उनले कोभिडबाट समस्यामा परेकाहरुको सहयोगमा स्वत: स्फुर्त रुपमा लाग्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार