तरुण युवाहरुद्वारा याङ्लाकोटमा अति विपन्न १५० परिवारलाई राहत वितरण

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ को कारण बैशाख १६ देखि सरकारले लगाएको लकडाउनले गर्दा जनता रोगले भन्दा भोकले थलिएको अबस्था छ । जसले गर्दा अति विपन्न वर्गका लागि बिहान बेलुका छाक टार्न धौधौ भैरहेको बेला सत्ता पक्षबाट कोरोना रोकथाम र दैनिक छाक टार्ने तर्फ खासै प्रभावकारी कदम चाल्न नसकेको बेला जुगलका तरुण दलका युवाहरुद्वारा दैनिक उपभोग्य बस्तु वितरण गरिएको छ ।

यसै सन्दर्भमा नेपाली काङ्ग्रेस जुगल ७ याङ्लाकोटका जुझारु तरुण दलका युवा नेता रवि लामाको समन्वयमा “काँग्रेस संधै जनताको हरेक सुख दुःखमा साथ छौं र रहनेछ” भन्ने नाराको साथ स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो । १५० अति विपन्न घरपरिवारलाई चामल १५० बोरा, भटामास खाने तेल ७५ लिटर, नुन १५० किलो, साबुन ३ बकस, मास्क ५ हजार पिस, स्यानीटाइजर ४०० पिस वितरण गरेका हुन् ।

उहाँ संगै सो कार्यमा नेपाल तरुण दल जुगल-७ का वडा संयोजक राम चन्द्र तामाङको बिशेष पहलमा  नेपाली काङ्ग्रेस जुगल ७ का वडा कमिटीको सभापति मीन बहादुर गोले र नेपाल तरुण दल जुगल ७ वडाको वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर लामाले पनि सहयोग गरेका हुन् ।

राहत जुगल गाउँपालिकाका वडा नम्बर ७ का याङ्लाकोट, चम्बोटे, दलित टोल, तिनघरे, पेप्टा, सेर्माथानमा वितरण गरिएको हो । राहत लक्षित वर्ग अति विपन्न परिवार, एकल महिला पुरुष, दृष्टिबिहिन, अपाङ्ग अशक्त र जेष्ठ नागरिक परेका थिए ।

यस्तो महामारीको बेला अन्य मनकारी सहयोगीहरुमा नेपाली काँग्रेस जुगल ७ को युवा नेता रवि लामा, साबिक क्षेत्र न.२ पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामा, नेपाल तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामा (हाउडे), उपध्याक्ष राजेन्द्र लामा(दोर्जे), सिन्धु काठमाडौं सम्पर्क समितीको सभापति सोनाम लामा, नेपाल तरुण दल जुगल गा.पा. वरिष्ठ उपध्याक्ष सुन्दर तामाङ, जुगल ७ तरुण संयोजक राम चन्द्र तामाङ, जुगल-७ का तरुण युवाहरु मेख बहादुर लामा, निमा लामा, जुगल ७ का हाल मलेसियामा कार्यरत काङ्ग्रेस प्रेमी मनकारी सहयोगीहरु राजेन्द्र तामाङ, शंखर तामाङ, सुब्ब लाल तामाङ, चीन बहादुर तामाङ हुनुहुन्छ ।

राहत वितरण कार्यक्रमका संयोजन गर्नुभएका रवि लामाले “तन पवित्र हुन सेवा गर्नु, मन पवित्र हुन भजन र ध्यान गर्नु, धन पवित्र हुन दान गर्नु, कर्म पवित्र हुन त्याग गर्नु” भन्ने भनाइलाई आत्मासात गर्दै महामारीको समयमा सहयोग गर्ने मनकारी मनहरुलाई नमन गर्नुभएको छ । साथै राहत सहज ढंगले वितरणमा गर्न सहयोग गर्ने जुगल ७ का वडा कमिटी र तरुण दल वडा कमिटीलाई बिशेष धन्यवाद ज्ञापन गरे । यो भन्दा पनि सात समुन्द्र पारीको देशमा रगत पसिना गरेर मेहनत गरेर आफ्नो गास काटेर र नेपालमा बसेर आफ्नो छाक टार्ने कुनै परवाह नगरी समाजमा रहेको दीनदुखीहरुको सेवाको लागि सहयोग गर्ने हातहरुलाई हृदयबाट नै धन्यवाद र नमन गर्नुभएको छ ।

यस अघि पनि जुगलमा तरुण दल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले चनौटे आइसोलेसनका लागि सेनिटाइजर, बेड, मास्क अनि पौष्टिक आहार वितरण गर्नुभएको थियो । त्यस्तै जिल्ला कोषाध्यक्ष निमा जङ्बु शेर्पाले पनि आइसोलेसनमा रहेकालाई हर्लिक्स, अण्डा उपलब्ध गराईसकेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार