जुगलबासीलाई YCL द्वारा स्वास्थ्य सामाग्री सहयोग

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँ पालिकामा YCL नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । समाजसेवी दुर्गा श्रेष्ठ र जुगल गाउँपालिका Ycl को अध्यक्ष फुल काजी स्याङ्बो वानपिस को विशेष पहलमा सो सामाग्री जुगलको YCL कमिटीलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री भने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव ईश्वर गुभाजुले सहयोग गरेका हुन् ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले जुगलका गाउँबासीलाई पनि आक्रान्त पारेको छ । यसबाट जोगाउने मुख्य उद्देश्य लिएर स्वस्थ्य सामाग्री सहयोग गरेको YCL जुगलका अध्यक्ष वानपिस स्याङ्बोले जन्मभूमि पोष्टलाई बताए ।

कोभिडको महामारीको बेला सबैले सकेको सहयोग गर्नु पर्ने धारणा व्यक्त गर्दै आफ्नो प्रयासमा ३० हजार मास्क जुगलका सबै वडाहरुलाई उपलब्ध गराएको जुगल गाउँपालिकाको जुझारु युवा नेता ईश्वर गुभाजुले बताउनुभयो ।
उनले कोरोनाको पीडा कस्तो हुन्छ ? सङ्क्रमित भएपछि मात्र थाहा हुन्छ । छ सात दिन भोक सहन सकिन्छ तर कोरोनाको पीडा सहन सकिन्न भन्दै गाउँगाउँमा जनचेतामूलक सन्देश दिन युवाहरुलाई आग्रह गर्नु भएको थियो ।

युवा नेता गुभाजुले दिएको जानकारी अनुसार जुगल ३ गुम्बामा ६,००० पिस, जुगल २ गोल्चेमा ५,८००, जुगल ४ पाङताङमा ३,५००, जुगल ५ बराम्चीमा ३,५००, जुगल १ सेलाङमा २,६००, ७ याङलाकोटमा ३,६००, जुगल ६ हगाम २,६०० का दरले वितरण भएको हो ।                                                                                                    यसरी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा जुगल २ का वडा अध्यक्ष प्रताप लामाले जुगल YCL कमिटी र बिशेष रुपमा युवा नेता गुभाजुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार