जिग्मे मिडिया सफलताको खुशीयालीमा ङाब्रेजीले सबैलाई रुवायो-भिडियो सहित

  प्रीतम कुमार तामाङ

काठमाडौं
पछिल्लो समय मनोरञ्जन क्षेत्रको उत्कृष्ट प्रस्तुतिहरुलाई युट्युब मार्फत पस्कँदै आएको जिग्मे मिडियाले सफलताको चिनो स्वरुप १ लाख सब्सक्राईबर पार गरेर प्राप्त सिल्भर बटन सार्वजनिक गरेका छन् । साथै हर्क दोङ तामाङको मार्मिक गित ङा ब्रेजीको भिडियो पनि सार्वजनिक पनि गरे ।

पेप्सिकोला टाउन प्लानिङ स्थित म: म: फ्याक्ट्रीमा भएको कार्यक्रममा अन्तरास्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, बिशेष अतिथीहरुमा ईन्डिजेनस टेलिभिजनका प्रबन्ध निर्देशक जगत दोङ लामा, तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबा, तामाङ चलचित्र संघका उपाध्यक्ष कुमार मोक्तान, अतिथी अन्तरास्ट्रिय तामाङ परिषदका सचिब रबिन थिङ, समाजिक अभियन्ता एवं मिडियाकर्मी मायालु न्यासुर, काभ्रे निर्माण व्यवसायी संघका सचिब अमित मोक्तान लामा लगायत उल्लेख्य तामाङ कलाकारहरुको उपस्थिति रहेको थियो । जिग्मे मिडियाले प्राप्त गरेको सिल्भर बटन र भिडियो सार्वजनिक गराउँदै कलाकार संघका अध्यक्ष सन्जिव वाईबाले तामाङ गित संगितको क्षेत्रमा यस मिडियाले पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नु भयो । उहाँले गायक हर्क दोङ तामाङ गित संगित क्षेत्रमा भएको कुरा आफुलाई थाहा नभएकोले अचानक यति राम्रो मार्मिक गित सुन्न पाउँदा आफै अचम्म भएको बताउनुभयो । पछिल्लो समय केही गित संगितले बाटो बिराएको बेला ङा ब्रेजीले समाजलाई दिन खोजेको सन्देशले अझै गित संगित अघि बढ्नेमा आशावादी रहेको सुनाए ।

त्यस्तै ईन्डिजेनियस टेलिभिजनका प्रवन्ध निर्देशक जगत लामा दोङले जसरी जिग्मे मिडिया अनि सुर्य लामाले गर्दै आएको कामले आफुलाई व्यक्तिगत अनि संस्थागत रुपमा फाईदा रहेको बताउनुभयो ।

प्रमुख अतिथी टासी लामाले आज यो सफलता पाउनुमा सुर्य लामाको बलियो प्रतिबद्धता, आफ्नो क्षमता प्रतिको विश्वास हो भन्नू भयो । कुनै पनि काम प्रतीको लगाव र प्रतिफल नै सुर्य लामा र जिग्मे अघि बढेको धारणा राख्नुभयो ।

हाल सम्म जिग्मे मिडियाको च्यानलमा २५९ भिडियो अपलोड भएका छन् भने १ लाख २४ हजार सब्सक्राईब बटुली सकेका छन् । जसमा सबैभन्दा धेरै भ्युज राजु लामा र जितु लोप्चनको अंकुसेमायाले पाएका छन् । मालाश्री धुनको भिडियो पहिलो भिडियो हो भनें आज सम्ममा अन्तिम भिडियो हर्क दोङ तामाङको ङा ब्रेजी रहेको छ ।

ङा ब्रेजी शब्द क्लेभर सिं दोङ, संगित जोगलाल लामा, स्वर हर्क दोङको हो । पवन वाङ लामाको एरेन्ज, दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ जिग्मे मिडियाकै प्रस्तुतिमा सुर्य लामाले निर्देशन गरेका हुन । पछिल्लो समय एकछत्र म्युजिक भिडियोमा छाईरहेका लोकप्रिय मोडल निरान्जली लामा र चर्चित नायक कुमार मोक्तान र पुर्णिमा लामा थोकरको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई बज्र न्यासुर र त्रीलोक लामाले खिचेका हुन भने सुर्य लामाले नै कलरिङ एडिटिङ गरेको हो ।

जिग्मे मिडियाकै च्यानलबाट भिडियो हेर्न सकिन्छ ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार