सिन्धुपाल्चोक, सुनकोसी
युवा, बालबालिका तथा वृद्ध वृद्दा लगायत सम्पुर्णको शारीरिक स्फुर्ती संगै नदिहरुमा हुने दुर्घटनाहरुमा आत्मरक्षा गर्न सक्ने बनाउने प्रमुख उद्देश्यले पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले आज एक कार्यक्रमका बिच आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सुनकोसी गाउँपालिका वडा नं ४ स्थित गणेश उच्च मा वि को प्रङ्गण नजिकै सुईमिङ पुल उद्घाटन गर्नुभएको छ । यस अघि पनि उहाँले आत्मरक्षाका लागि तत्पर बनाउने हेतुले बाह्रबिसे नगरपालिकाको पलाती र अङ्गेरी पाखामा गरि २ वटा सुईमिङ पुल बनाईसक्नु भएको छ ।
उद्घाटन भएको पुल पुर्वमन्त्री बस्नेतले आजभन्दा १० महिना अगाडी सुनकोसी गाउँपालिकालाई दिनुभएको सुझाव अनुरुप बनेको हो र यसको सम्पुर्ण खर्च गाउँपालिकाले बेहोर्ने सुनकोसी गाउँपालिका प्रमुख बिनोद डि सि ले बताउनु भयो । वहाँले यस पुलमा लाईफ गार्ड पनि राखिने घोषणा गर्नुभएको छ ।
कार्यक्रममा सभापतिको भुमिकामा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सचिव देवेन्द्र खड्काले गर्नु भएको थियो भने नेपालका भुतपुर्व सुईमिङ चिफ कोच ईश्वर कार्कीले उपस्थित सम्पुर्णलाई पौडिको महत्व र खेल्ने तरिकाको बारेमा प्रकाश पार्नुभएको छ। आजै विद्यार्थीहरु बिच पौडी खेल्न प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कार पनि दिइएको छ ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री बस्नेतले रुकुम घटनामा अन्तर्जातिय विवाह गरेकै कारण कम्युनिस्ट वडा अध्यक्ष लगायत स्थानीयले दलित केटाहरुलाई लखेट्दा भेरी नदिमा पुर्याएको पौडी खेल्न जान्ने बाचेका र नजान्नेले मृत्यु वरण गर्न परेको उदाहरण दिई आत्मरक्षाको तलिमका लागि पनि पौडी एकदमै अत्यावश्यक भएकाले आफ्नो निर्वाचन क्षेत्रका सबै वडा हरुमा सुईमिङ पुल बनाउने लक्ष्य रहेको बताउनु भयो ।