सुभाष र शसिकलाको मौलिक तामाङ “छेवार गित” (भिडियो सहित)

सबै तामाङ कलाकारहरु छेवार गितको भिडियोमा भेला 

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ समुदायको एक महत्वपूर्ण संस्कार अनि संस्कृति छेवार । छेवार तामाङहरुको मौलिक संस्कृति भित्र पर्दछन् । छेवारकै माहोलमा यसैको सेरोफेरोमा रहेर लोकप्रिय गायक सुभाष तामाङ र गायिका शसिकला मोक्तान अनि बबिता पाख्रीनको स्वरमा सझिएको “छेवार गित” को भिडियो आज जोरपाटी स्थित छिमेकी क्याफेमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् ।

संघीय सांसद कृष्ण राई

संघिय सांसद  कृष्ण बहादुर राईको प्रमुख आतिथ्यता, वरिष्ठ संगितकार चन्द्र कुमार दोङ र तामाङ कलाकार संघ अध्यक्ष सन्जिब वाईबाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा उल्लेख्य कलाकार अनि श्रस्टाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि राईले गायक सुभाष तामाङको खुलेर प्रशंसा गर्दै उनमा केही न केही गर्न सक्ने क्षमता भएको व्यक्ती रहेको बतानुभयो । उनी अझै धेरै अघि बढ्नेमा ढुक्क रहेको उहाँको बुझाई रहेको सुनाए । त्यस्तै तामाङ गित संगितले समाजमा पुर्याएको सकारात्मक पक्षहरुको बारेमा वरिष्ठ गायक संगितकार चन्द्र कुमार दोङले आफ्नो भनाइ राख्नुभएको थियो । 

गितको शब्द संगित गायक बैरागी मोक्तानको रहेको छ । यस गितमा पवनवाङ लामाको एरेन्जमा चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।

गायक सुभाष तामाङ

त्यस्तै भिडियोमा तामाङ कलाकारहरु धेरैलाई समेटेका छन् । अभिनयमा प्रेम लोप्चन, अमिर दोङ, कुईसाङ रुम्बा, खेम मोक्तान,  सुस्मा मोक्तान, मिलन थिङ, याङ्की दोङ, पुर्णिमा थोकर, पुष्पाञ्जलि लोप्चन, दिपा घिसिङ, साईना तामाङको रहेको छ ।

भिडियो साँच्चै नै छेवारमय भएको छ । अजय स्याङ्तान र बाबुराज केसिको निर्देशनमा सन्जय लामा र दुर्ग पौडेलले खिचेका हुन् । दिर्घ खड्का र नवीन घर्तिमगरको सम्पादनमा राजेन्द्र मोक्तानले कलरिङ गरेको छ । भिडियोलाई नाम्दु मिडिया युट्युब च्यानलबाट हेर्न सकिन्छ । सबैले यस च्यानललाई सब्स्क्राईब गराउन पनि आग्रह गरिएको छ ।

भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार