लोकप्रिय गायिका निर्मलाको बिर्सिजानेले युट्युबमा

काठमाडौं
गित संगित क्षेत्रको परिचित नाम हो निर्मला घिसिङ। सुरिलो स्वरकी धनी घिसिङले सेलो र नेपाली गित संगित क्षेत्रमा आफ्नो नाम दर्ज गर्न सफल भैसकेको भन्न अन्यथा नहोला। सेलो गितको पारखीहरुका लागि त झन निर्मलाका गितहरु पहिलो रोजाईमा नै पर्ने गर्दछ्न्। त्यस्तै गत वर्ष सम्पन्न नेपाल आईडलमा उत्कृष्ट प्रस्तुति दिएपछी उनको चर्चा चुलिएको थियो।

यिनै घिसिङको यति बेला नयाँ गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। बिर्सिजानेले बोलको मनै छुने गित सबैको रोजाईमा परिरहेको छ। कुमार मिश्रको शब्द, फुर्वा लामाको संगित र फनिन्द्र राईले एरेन्ज गरेको गितलाई मित्र लामाले मिक्सिङ गरेका छ्न्। यस गितलाई पर्पल स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोमा निर्मला आफैंले अभिनय गरेका छन्। त्यस्तै भिडियोमै उनलाई गायक योगेश लामाले बाँसुरी, सोहन घिसिङले गितार र राजन गोपालीले सारङ्गीमा साथ दिएका छन्। जिग्मे मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोलाई सुर्य लामाले छायांकन, सम्पादन अनि कलरिङ गरेका हुन्।

यस अघिका उनको स्वरमा सजिएको होई च्याङ्बा, दरबन्दी जस्ता गित श्रोता माझ अत्यन्तै चर्चामा छ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार