संरक्षण गर्नुको साटो स्वायम्भुको विशाल कोन्ज्योसोमको मुर्ति हटाईदै नेपाल सरकार

  प्रीतम कुमार तामाङ

काठमाडौं
बौद्धमार्गीहरुको आस्थाको केन्द्र स्वायम्भु स्थित रहेको ३ ठुला कोन्ज्योसोमको मुर्ति हटाउने निर्णय नेपाल सरकारले गरेको छ। गत असोज २५ गते बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेका हुन्। हटाउन लागिएको मुर्ति ६७ फिट अग्लो बुद्धको मूर्ति तथा ६४ फिट अग्लो पद्य्म सम्भव तथा अवलोतिकेश्वरको हो ।

दोश्रो चरणको चक्रपथ विस्तारको लागि सो बुद्ध पार्क हटाउन लागिएको बुझिएको छ। जसको लागि काठमाडौं महानगरले समेत समन्वय गर्ने खबर छ। अमिदेवा बुद्ध पार्क, सन २००३ निर्माण गरिएको पार्क हो । यसको बिषेशता भनेको नै बिशाल बौद्ध मूर्तिहरु हुन । यस पार्कमा आउनेहरुले यी बिशाल बुद्धको मूतिहरु हेर आनन्दीत तथा मनमा शान्ति प्राप्त गर्ने स्थान पनि हो ।
यस पार्कमा ६७ फिटको बुद्धको मूर्ति फिट अग्लो शाक्यमुनी बुद्धलाई बिचमा केन्द्र बिन्दूको रुपमा राखिएको छ । शाक्यमुनी बुद्धको बाँयामा ६४ फिट अग्लो चेनरेजिग छ (यसलाई अवलोकितेश्वरा पनि भनिन्छ),

“अटल आँखाले हेर्ने व्यक्ति।“ उहाँ सबै बोधिसत्वहरूमा सबैभन्दा अनुकम्पापूर्ण हुनुहुन्छ, र “ओम मणि पद्मे हुँ“ मन्त्र उच्चारण गर्नेहरूले उहाँलाई सहयोगको लागि आग्रह गर्छन्। उहाँले खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्ने विश्वास गर्दछ । शाक्यमुनी बुद्धको दायाँपट्टि ६४ फिट अग्लो, गुरु रिन्पोचे (उर्फ गुरु पद्य्मसंभव), “अनमोल गुरु “ पूर्ण रुपले प्रबुद्ध व्यक्तिको रूपमा अवतरित भएका, गुरु रिनपोचे सबै ज्ञानको रक्षक र उहाँले विश्वलाई पूर्ण वज्रियान (तांत्रिक) शिक्षा सिकाए। यस्ता विभूतिहरु सहित निर्मित यस पार्कमा मानिसहरु प्रत्येक दिन प्रार्थना गर्नेहरुको भिड रहन्थ्यो । यस्तो पवित्रस्थललाई संरक्षण गर्नु पर्नेमा उल्टै विनास गर्ने सरकारले निर्णय गरेका छन् ।

बुद्ध भुमिमा बुद्धकै मुर्ति भत्काउने सरकारले नै निर्णय गर्नु दु:खद र आपत्ति जनक रहेको बौद्धमार्गिहरुबाट धारणा आइरहेका छन्। सर्वसाधारणहरुका अनुसार “यस्ता पवित्र स्थलहरु बनाउन सकिन्न त्यसैले यसलाई विनास होइन संरक्षण गर” भनिरहेका छ्न्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार