ग्राफिक डिजाईनमा रमेका राजन भन्छन् “नेपाल मै छ आकर्षक आम्दानी”

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
धादिङ ज्वालामुखी गाउँ पालिका वडा -५ खरी निवासी हाल काठमाडौ नयाँ बसपार्क बस्दै आएका राजन थापा केही बर्ष यता ग्राफिक डिजाइन गर्दै आइरहेका छन।गाउँबाट धादिङ बेशी बजार झर्दा चलचित्रका पोस्टर, ठुलाठुला होडिङ बोर्ड देख्दा आफुलाइ पनि त्यस्तै बनाउन रहर लागेको र त्यसै बाट उत्प्रेरित भएका थापा गाउँबाट पढ्ने र आफुले देखेको जस्तै पोस्टर बनाउन सिक्ने उदेश्य लिएर काठमाडौ आएका थिए। त्यसै क्रममा उनी कालीमाटी स्थित सरस्वती आर्ट्समा काम गर्न सुरु गरे। सरस्वती आर्ट्स मा आएर उनले पहिलो चोटि होडिङ बोर्ड छापेको देखेको कुरा सम्झिन्छ्न। त्यसपछी चाहिँ आफ्नो सपना पूरा हुन्छकी भन्ने आशा लागेको थापा बताउछन।   

त्यहीबाट उनले ग्राफिक डिजाईन सिकेका हुन। चलचित्रका पोस्टर हेरेर उत्प्रेरित भएका थापा अहिले आफैले फ्लेक्स प्रीन्ट, होडिङ बोर्ड, ब्रोसर, सर्टिफिकेट, लेटरप्याड, क्यालेन्डर, लोगो मेनु, भिजिटिङ कार्ड, किताब कभर, टिसर्ट पृन्ट, कप पृन्टिङ र अन्य अन्य काम हरु सजिलै गर्न सक्ने र भिडियो सम्पादन पनि अलि अलि गर्ने थापा बताउछन्।

थापा अहिले पनि सरस्वती आर्ट्स मै ग्राफिक डिजाइनर का रुपमा कार्यरत छ्न।हरेक काममा क्रियटिभिटी देखाउनु पर्ने भएकाले यो काम गर्दा कहिले नसिद्धिने र आफुमा झन क्षमता मा वृद्धि हुने थापा बताउछन्।

“ग्राफिक डिजाइन एक क्रियटिभ काम हो। यो पेसामा लागेर पैसा कमाउन नसके पनि आफुमा ज्ञान सीप र क्षमता कमाएको छु” उनले जन्मभुमि पोष्ट सङ्गको कुराकानमा भने। आजभोली भिजुअल र ग्राफिक आर्टको माग बढ्दै गएको छ र डिजिटल युगको कारण ले पनि यो ग्राफिकको डिमाण्ड बढेको छ। युवाहरू यो पेसा मा धेरै आकर्षित हुन्छन।

ग्राफिक डिजाइन ले कुनै पनि संघसंस्थालाइ एउटा अलग पहिचान दिने पनि थापाको भनाइ छ। थापा अहिले दैनिक फोटोसप, इलिस्टेटर, फ्री- ह्यान्ड, पावर पोइन्ट जस्ता याप्सहरु चलाइरहेका हुन्छन्। अहिले पनि अफिस, स्कुल, रेस्टुरेन्ट, फाउन्डेसन, अर्गनाइजेसन, एनजिओबाट ग्राफिक डिजाइनको काम आउने थापाले बताउनु भयो। यो छेत्रमा लागेर आफुले पैसा नकमाए पनी आफू सन्तुष्ट रहेको थापाले बताउनु भयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार