कोरोनाको कारण बन्द मुन्द्रे कमेडी क्लब सुचारु हुने, अध्यक्षमा दिपाश्री आउट करिस्मा ईन

अध्यक्षतामा दिपाश्रीको साटो करिस्मा मानन्धर

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं, दिपक कार्की
कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्यकलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन सुचारु हुनेको छ। तर उक्त शोमा अध्यक्षता ग्रहण गर्दै आएकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई क्लबबाट हटाइएको छ। कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई ल्याइएको स्रोतले जनाएको छ ।

केही समय अगाडी मात्रै दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि उनी चर्को विबादमा तानिएकी थिइन् । कैयौँ दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेतावनी दिएपछि केही झस्किएकी उनका कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ। मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनमा कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी छिन् ।

दिपाश्री सामाजिक संजालमा यसो लेखेकी छ्न जस्ताको तस्तै

“नमस्कार 🙏
मुन्द्रेको कमेडि शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुँदैछ। यस्को लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ। फेरी त्यहि माया र सद्भभाब कार्यक्रमलाई निरन्तर प्रदान गर्नुहुन्छ भन्ने आशा गरेकी छु।
मलाइ पहिलो सिजनका लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जितु भाइलाई धन्यवाद! यस्तै गरेर मलाई हौसला दिने शशि सर, पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाई मनै दैखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू- जसले हाम्रा कमि कमजोरीहरूलाई नजरअन्दाज गरेर कार्यक्रमलाई स्विकार गरिदिनु भयो !
निकट भविष्यमा टेलिभिजनको पर्दामा केहि फरक कार्यक्रम सहित उपस्थित हुनेछु। सम्पूर्ण दर्शकहरूमा नमन”

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार