गायक निमा पाख्रीनको ओइ साइलीमा दिलिप रायमाझी (भिडियो सहित)

  सुरेन तामाङ छ्युमी

काठमाडौं
गायक निमा पाख्रिन लामाको उत्कृष्ट सेलो पप ओई साईलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। गितको शब्द, संगीत, एरेन्ज समय सुनुवारले गरेका छन्। स्वर निमा पाख्रिन लामाले दिएको गितको मिक्सिङ भने दिपेश प्रधानले गरेको हो। हालसम्म धेरै  म्युजिक भिडियोहरु बजारमा सार्वजनिक गरि सकेका गायक निमा पाख्रिनले अहिले भने पहिलाको म्युजिक भिडियोहरु भन्दा फरक खालको भिडियो  दर्शक श्रोताहरुमाझ कोशेली स्वरुप प्रस्तुत गरिएका छन। जुन भिडियोमा देख्न सक्नु हुने छ।

नेपाली चलचित्र जगतमा नाम राख्न सफल हुनुभएका र दर्शकहरूको मन मुटुमा बस्न सफल चर्चित नायक दिलीप रायमाझीलाई भिडियोमा देख्न सकिन्छ। उहाँलाई भिडियो जोडिको रुपमा अमृता तामाङले साथ दिनुभएको छ।

भिडियोको निर्देशन पासाङ योन्जन लामाको रहेको छ भने कोरोयोग्राफि सन्तोष राजबाहक हुन्। छायांकन ज्ञानेन्द्र शर्मा, ड्रोन सुरेश घिसिङ, एडिट सुशील न्यौपानेले गरेका हुन्।

यस भिडियो ललितपुर भैसे पाटिको विभिन्न ठाउँहरुमा सुटिङ सम्पन्न गरिएको हो । गायक निमा पाख्रिनले भन्नुहुन्छ धेरै संघर्ष गरेर यहाँसम्म आईपुगे अब दर्शक श्रोताहरूको माया र साथ मिल्यो भने अझै  यो गीत संगीत क्षेत्रमा केही गर्ने मन छ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार