पत्रकारलाई कोरोना प्रतिरोधी पि.पी.ई र स्वास्थ्य साम्रगी

  प्रीतम कुमार तामाङ

ललितपुर
कोरोना कोविड–१९ को संक्रमण बढ्दै जाने क्रममा पत्रकारहरुको लागि कोरोना प्रतिरोधी सामाग्री पिपिई सेट प्रदान गरिएको छ। सामाजिक दुरि कायम गर्दै छोटो औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हस्तान्तरण कार्यक्रम ललितपुर स्थित साझा नेपाली मिडिया हवको प्राङ्गणमा समापन भएको छ।

संक्रमणको समयमा समेत अग्रभागमा रही निरन्तर सूचना सम्प्रेषण गरी नागरिकलाई सु–सूचित गराउन अहोरात्र खटिरहेका काठमाण्डौँ उपत्यकामा कार्यरत पत्रकारहरूलाई सो सामाग्री प्रदान गरिएको मर्शी मिसन मिडियाका प्रवन्ध निर्देशक निरोज तोलाङेले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

मर्सी मिशन मिडियाको समन्वयमा नेपाल ख्रीष्टिय राहत सेवाको सहयोगमा शुक्रवार स्वास्थ्य सामाग्री तथा पि.पी.ई. वितरण गरिएको हो। मर्सी मिशन मिडिया र नेपाल ख्रीष्टिय राहत सेवाले यस अघि पनि पत्रकारहरुका लागि खाद्यान्न समेत उपलब्ध गराएको थियो।

विभिन्न पत्रपत्रिका र अनलाइनमा मिडियामा कार्यरत २० जना पत्रकारहरुलाई सामाजिक अभियान्ता वि.पी. खनाल, संस्थाका कार्यकारी निर्देशक रोमी के.सी. नेपाल प्रेस यूनियन ललितपुर शाखाका उपाध्यक्ष केदानाथ दाहालले सहयोग वितरण गर्नुभयो । सहयोग पाएपछि अग्रभागमा रही रिर्पोटिङ गर्नुहुने जनता टि.भि.का पत्रकार कमला हमालले संस्थालाई धन्यवाद दिनुहुँदै कोविड् १९ को यो विकराल अवस्थामा वितरण गरिएको यो स्वास्थ्य साम्रगीले सूचना संकलनमा ठुलो मद्धत गर्ने बताउनुभयो । सहयोगी संस्थाका उपाध्यक्ष दिल बहादुर थापाले यो माहामारीको अवस्थामा अग्रभागमा रहि निरन्तर आम नागरिकलाई सूचना प्रवाह गरी सूचित गर्नुहुने कार्य गर्नुहुने पत्रकारलाई यो अवस्थामा उपहार स्वरुप प्रोत्साहन गर्ने उदेश्यले वितरण गरिएको बताउनुभयो ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार