लिदि पहिरो पिडित तामाङहरुको पिडामा शेर्पा दाजुभाइहरुको साथ

सिन्धुपाल्चोक
तामाङ र शेर्पाको धेरै रहनसहन अनि संस्कृति मिल्ने नभएर मन पनि उत्तिकै मिल्छ। त्यस्तै तामाङ दाजुभाइको पिडामा पक्कै शेर्पा दाजुभाइको मन कसो नदुखेला र ? हो, अवस्य दुख्छ। यस्तैमा धेरै शेर्पा दाजुभाइहरु द्वारा लिदि पहिरो पिडित तामाङ दाजुभाइहरुको लागि नगद सहयोग गर्नु भएको छ। बौद्ध स्थानीय शेर्पा समुहको अध्यक्ष निमा जङ्बो शेर्पाको पहलमा विभिन्न शेर्पा संघ संस्था लगायत शेर्पा दाजुभाइहरुले पनि नगद सहयोग गर्नुभएको छ।

हिजो लिदिमा नेपाल तरुण दलको सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष समेत रहेका शेर्पाले नगद राहत लिएर जानुभै वितरण गर्नुभएको हो। सिन्धुपाल्चोक काँग्रेसका नेता कार्याकर्ताहरु र शेर्पा दाजुभाइहरु बाट उठेको एकमुष्ट रकम लिदि पगिरो पिडितलाई हस्तान्तरण गरिसकेको छ।

यसरी नगद राहत सहयोग नेपाल शेर्पा समाज सिन्धुपाल्चोक ५० हजार, आङनिमा शेर्पा UAE बाट प्राप्त सहयोग ३७ हजार र उहाँको तर्फबाट रु.१३ थप गरि ५० हजार, समाजसेवी मिङ्मार शेर्पा USA २५ हजार, समाजसेवी च्याङ्बुटी शेर्पा २० हजार, दिलिप बहादुर शेर्पा, नेपाल लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा (हिमाली कान्छा), नेपाल लोकतान्त्रिक शेर्पा संघ सिन्धुपाल्चोकको अध्यक्ष एवं शेर्पा संघका जिल्ला उपाध्यक्ष आङ दोर्जी शेर्पा, लगायत फुर्पा शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, पि.एस शेर्पा, पासाङ शेर्पा, तेन्जिन शेर्पा, नोर्बु शेर्पा, पेम्बा ठिन्ले, पेम्बा शेर्पा, छिरिङ शेर्पा, जीवन शेर्पा र दावा जङ्बो शेर्पा लगायतबाट नगद सहयोग प्राप्त भएको बौद्ध स्थानीय समुहका अध्यक्ष निमा शेर्पाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

उक्त नगद संगै तरुण दल सिन्धुपाल्चोक र सिन्धुपाल्चोक काँग्रेसजनबाट उठेको सो रकमबाट सोलार बत्ती ७ सेट, ३/२२ तार ५ क्वायल, कालो मोटो तार ५०० मिटर, प्लगहरु, मल्टी प्लग समेत वितरण गर्नुभएको छ।

उठेको राहत रकम लिएर जुगल गाउँ पालिका प्रत्यासी उम्मेदवार जय बहादुर लामा, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष निमा शेर्पा, पुर्व क्षेत्रीय सभापति जंग लामा र तरुण दल क्षेत्रीय सभापति जयचन्द्र कुमार लामा घटना भएको लिदि गाउँ जानू भएको थियो

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार