जुगलको विकट गुम्बाथाङमा ज्यान्जुक छ्योर्तेन स्तुपा आर्थिक अभाव अलपत्र

जब जुगलको विकट गाउँ गुम्बाथाङमा हामी प्रबेश गर्छौ, यो लहरे छ्योर्तेनहरु ले हामीलाई मीठो मुस्कानका साथ स्वागत गरेझैं लाग्छ ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, गुम्बाथाङ
सिन्धुपाल्चोक पुग्नेहरु धेरैलाई थाहा हुन्छ कि सबै भन्दा विकट ठाउँ कुन हो भनेंर । हो, त्यही विकट अर्थात सिन्धुको कर्णाली भनेंर पनि चिनिने गाउँ हो गुम्बाथाङ । यो जुगल गाउँ पालिका वडा नं. ३ मा पर्दछ । जहाँ तामाङ र शेर्पा जातिको बसोबास रहेको छ । हत्तपत्त खासै कसैको ध्यान पनि नपुग्ने र बिशेष कामले पनि त्यति पुग्न नसक्ने यो गाउँमा कच्ची सडक निर्माण भएदेखी हिउँदमा फाट्टफुट्ट केहि मानिसहरु पुग्ने गर्दछन् । बिकासकै सिलसिलामा हाईड्रोपावरहरु थुप्रै बन्दै पनि छ र बन्ने क्रममा पनि । जसको लागि पुगेका सडक निर्माण गर्ने क्रममा जुजुबाजे, मामम्हेमेहरुको लहरे माने सबै भत्काईयो । हुनत हाम्रो बौद्ध धर्ममा माने, छ्योर्तेन भत्काउनु पाप मानिन्छ तर बिकासको नाममा त्यो पाप पनि पच्ने स्थानीयको ठम्याई छ ।

गाउँ ठिक पुग्नु अघि माने डाँडा छ, सडकको आलि मै १-२ वटा बचेको छ्योर्तेन छ । जहाँ हामीलाई बौद्ध परम्परा अनुसार स्वागत गरेको झैँ भान हुन्छ । गुम्बा गाउँ वा सो बाटो हुँदै जानेहरुले एकपल्ट त्यहाँका छ्योर्तेनमा दर्शन नगरी अघि बढ्न मन मान्दैन । जहाँ नपुगुन्जेल गुम्बा गाउँलाई नजरअन्दाज समेत गर्न सकिन्न । जुन डाँडालाई गुम्बालीहरु यङ्श माने डाँडा भनेर सम्बोधन गर्छन् । ल्हलुङ्पाल लामा, तामाङ र शेर्पा समुदायको धार्मिक, साँस्कृतिक पहिचान एवं रितिरिवाजलाई जगेर्न गर्ने उद्देश्यले यो ज्यान्जुक छ्योर्तेन स्तुपा निर्माण  गरिएको स्थानीय युवा उर्गेन ल्हलुङ्पाल लामा बताउनुहुन्छ । यो स्तुपा निर्माणको महत्व र आवश्यकताको बारेमा थप्दै यसो भन्नू हुन्छ । “हामी ल्हलुङ्पाल लामा, तामाङ शेर्पा जातिहरुको आफ्नो मैलिक पहिचान सह अस्तित्व, सास्कृति भाषा पराम्पराको संरक्षणा प्रवर्द्धन र सम्बर्द्धन गर्दै लोपो हुँदै  गरेको ल्हलुङ्पाल तामाङ शेर्पा संस्कार संस्कृतिहरु, विविध संस्कृतिक मुल्य  मान्यताहरुलाई सदैब जिवन्त राख्ने र जसको समुचित विकास गराउने उदेश्य राखी आधुनिक शैलिमा भाषा धर्म र संस्कृतिको  पहिचान  जगेर्ना” भन्ने मुल नारा सहित बौद्ध धर्मको देशको रुपमा बिश्व सामु चिनाउन यङ्श माने डाँडा स्थापन भएको हो ।

यस महत्वपूर्ण तिर्थ भुमी, तिर्थ स्थाल ज्यान्जुक छ्योर्तेन स्तुपा निर्माणको कार्यमा भौतिक रुपमा जसोतसो गर्दै निर्माण त गरिएको छ । जसको लागि प्रदेश सरकारबाट २० लाख बजेट र स्थानीयहरुले श्रमदान गरियो तर पुर्ण रुपमा सम्पन्न गराउन भनें सकिएको छैन । स्तुपा ठड्याए पनि अझै धेरै विधि पुर्याउन अनि आकर्षक बनाउन बाँकी नै रहेको स्थानीय बताउँछन् । यसको रंगरोगन, ह्राप्ने गर्नु अघि चाहिने बौद्ध सामाग्रीहरु अझै बाँकी नै छ । भन्छन् मानेको शरीर त बनाईयो तर यसलाई प्राण भर्ने, लुगा लगाईदिने अनि सुरक्षित बनाउन बारबेर गर्न अझै बाँकी छ तर अब उठ्नु पर्ने र उठाउनुपर्ने सम्भावित सबै संग सहयोग उठाईसके अब खै बाँकी काम कसरी सकाउने भन्ने कुराले पिरोल्न थालेका छन् गुम्बाबासीलाई । जुन बाँकी कामको लागि सो स्तुपा निर्माण गर्दै गरेका स्थानीयहरुले ल्हलुङ्पाल लामा, तामाङ, शेर्पा तथा देश बिदेशमा छरिएर बस्नु भएको बौद्ध धर्मलाई माया गर्नुहुने, बुद्धिष्ट दाजुभाई ताथ दिदिबहिनीहरु सम्पुर्णमा यो पुन्यकार्यमा सकेको सहयोग गर्न हार्दिक आह्वान गरिएको छ । सकेको सहयोग गर्नुहोस्, पुन्य कमाउनु होस् । सहयोगको लागि सम्पर्क : 9869039839

लिदिको व्यथा, कसलाई के था ? 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार