तपस्वी बोम्बो आशा लामालाई पक्राउ गर्नु तामाङ समुदायको संस्कृति माथी अपमान र विभेद

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, चौतारा
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँ पालिका वडा नं. २ का आशा लामालाई गएको १२ गते प्रहरीले पक्राउ गरिएको थियो । उहाँ बोन धर्मको प्रचलन अनुसार नजिकैको तामाङहरुको चिहान (दुर्जा) मा तपस्यामा रहिरहेको थियो । सोहि बेला स्थानीय एक बृद्ध महिला तान्त्रिक उपचारको लागि आएको र केही दिन पश्चात् महिलाका सदस्य मध्येकाले तपस्या गरिरहेकी लामा बिरुद्ध उजुरी दिएपछी उनलाई जिल्ला प्रहरीको प्रमुख नै तपस्य स्थल गै पक्राउ गरिएको संस्कृति घेदुङ सिन्धुपाल्चोकले बताईएको छ । आधारभुत अनुसन्धान समेत नगरी तपस्या स्थलमै गै बलजफ्ती ढ्याग्रो, जामा, पगारी समेत जफत गरि एक अपरधिलाई जसरी पक्राउ गरि थुनामा राखिनु प्रती नेपाल तामाङ संस्कृति घेदुङको ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति निकालेका छन् ।

यसरी तामाङ समुदायको पुरानो धर्म बोनको प्रवर्द्धन गर्ने  बोम्बोलाई तपस्या गरिरहेको स्थलमा गै पक्राउ गरिनुले सिंगो तामाङ समुदायको धर्म, संस्कृति र परम्परा माथी नै ठेस पुगेको संस्कृति घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष आस्मान लोप्चनले बताउनुभयो । उहाँले बिना सर्त बोम्बो तपस्वी आशा लामाको रिहाईको माग समेत गरेका छन् ।

विज्ञप्तिको पुर्ण पाठ सहित ;
तामाङ जाति र समुदायको सदियौं बर्ष देखि अबलम्ब गर्दै आईरहेको वोन धर्म `झांक्रि परम्परा´ र तामाङ संस्कार संस्कृतिको विधि पद्धति अनुसार कुल, कल्यान, पुजा पाठ ह्रिमठिम, पे बमोजिम झांक्रि गुफा (बोन्बो छाम) बसि ज्ञान आर्जन गर्ने गर्दछ । यस सन्दर्भमा लिसंखुपाखर गाउँ पालिका अन्तरगत वडा -२ स्थित लु-म्हेन्दोका २२ बर्षिय आशा लामा (बुद्धोदया मा.वि कि शिक्षिका समेत रहेकि) मिति २०७७ साउन १२ गतेका दिन देखि वोन परम्परा अनुसार ७ दिनको निम्ति नजिकै रहेको तामाङहरुको मसानघाट चिहानडाँडामा गुफा ध्यान आरम्भ गरेकि थिईन । सोही क्रममा उक्त गाउँका एक बिरामि महिला तान्त्रिक विधि अनुसार उपचारका निम्ति गएकि र उपचार समेत गरि फर्केपछि केही दिन पश्चात् निज बिरामिको परिवारको सदस्यहरु मध्यबाट सामाजिक अपमान र अपराध गरेको भनि जिल्ला प्रहरी कार्यलयमा जाहेरि दरखास्त दिएपछि उक्त उजुरिका सम्बन्धमा वास्तविकता र सत्यतथ्य के हो भन्ने आधारभुत कुराहरुलाई ख्याल नगरि एक्कासि जिल्ला प्रहरी कार्यलय सि.पा का प्रहरी प्रमुख प्रहरी उपरिक्षक स्वयं पुगि तपश्वि निज आशा लामालाई तपश्या गरिरहेको आशनबाटै जामा, पगरी , ढ्याङ्ग्रो र तपश्याको निम्ति चाहिने बन्दोबस्तिको सामाग्रिहरु सहित जबरजस्ती ढंगले एक फरार अभियुक्त र अपराधिक कार्यमा संलग्न भएको ब्यक्ति सो सरह पक्राउ गरि निजलाई जिल्ला स्थित प्रहरी हिरासतमा राखिएको खबरले सिङ्गो तामाङ समुदायको धर्म संस्कृति परम्परालाई जगेर्ना गर्ने बोम्बो र ताम्बाहरु प्रति अपमान गरेको र धर्म निरपेक्ष मुलुकमा धार्मिक तथा जातिय विभेदको पराकाष्ठा हो भन्ने ठहर गर्दछ । तसर्थ तामाङ संस्कृतिको अभिन्न अंगको रुपमा रहेको वोन संस्कृति र यस्को जगेर्ना गर्नका लागि तपश्या गर्ने बोम्बो प्रति भयको यस प्रकारको प्रहरी दमनको घोर भत्सर्ना  गर्दै छिटो भन्दा छिटो बोम्बो आशा लामालाई बिनासर्त स-सम्मानका साथ रिहाईको लागि नेपाल तामाङ संस्कृति घेदुङ सिन्धुपाल्चोक जोडदार माग गर्दछ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार