क्यान्सर भएर खुट्टा काटिएकी सुमि तामाङलाई देश बिदेशबाट नगद सहयोग प्राप्त

  जन्मभूमि संवाददाता

नुवाकोट
नुवाकोट जिल्ला म्यागङ गाउँ पालिका वडा न. ६, साविक समारी गाबिस वडा नं. ६ मैवल बस्ने श्री सोना खासारोङ्को छोरी सुमि तामाङ डिम्डुङ्लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सुमिलाई बाल्यकालमै आगो पोलेको घाउमा केही बर्षा पछि गाउँ घरमा घाँस दाउरा गर्ने क्रममा रुखमा चढ्दा पुनः रुख बाट लाडेर त्यही खुट्टामा गम्भीर चोट लागेको र आर्थिक अवस्था  नाजुक भएपछी उपचार हुन नसकी उनलो खुट्टामा क्यान्सर भएको थियो ।

यसरी क्यान्सर भएपछि उक्त खुट्टा नै काटिएकोले एक ठाउँ बाट अर्को ठाउँ सम्म हिड्डुल गर्न समेत उनलाई कठिन भएको छ । त्यसैले उनलाई कृतिम खुट्टा हाल्नको लागि अभियान थालेका थिए । अभियान समुहमा संयोजक (समाजसेबि युवा क्लबका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (ने.का.पा) म्यागङ -६ का सोम बहादुर तामाङ, म्यागङ -६ सामरीका सचिब (नेकपा नुवाकोट जिल्ला समिति सदस्य तथा म्यागङ गा.पा सह – ईञ्चार्ज सुक सगर तामाङ , म्यागङ-६ फलाटे म्यागङ जनसम्पर्क समितिका अध्यक्ष सुबिन तामाङ रहेका छन् ।

यसरी अभियानबाट उठाईएका नगद रकम आज हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा अभियानकर्ताहरुको साथै सन्तोष गुरुङ, डोल्मा मनाङ्थेन, राम बहादुर तामाङ उपस्थित रहेको थियो । अभियानबाट जम्मा गरिएको रकम रु .१,६६,८३१/- (१ लाख ६६ हजार ८ सय ३१ रुपैयाँ ) मध्ये नगत रु.६१,०२०/-  र चेक रु.१,०५,८११/- गरि एकमुष्ठ हस्तान्तरण गरिएको छ । सुमि तामाङ लाई सहयोग गर्ने देश बिदेशमा रहि सहयोगमा जुटेका सहयोगी व्यक्तिहरुको नाम यसप्रकार छ्न् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार