लिसांखुका बोन्बो तपस्वी आशा लामालाई विना सर्त रिहाई गर्न नेपाल तामाङ घेदुङ सि.पा.को माग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, चौतारा
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँ पालिका वडा नं. २ का बोन्बो तपस्वी आशा लामाको रिहाईको माग गर्दै नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

घेदुङले जारी गरेको विज्ञप्तिमा घटना र उजुरीको बारेमा सत्यतथ्य के हो भन्ने आधारभुत कुराहरुको समेत ख्याल नगरी  जिल्ला प्रहरी कार्यालयकै प्रमुख स्वयम् त्यहाँ पुगि तपस्य स्थलबाट जामा, पगारी, ढ्याङ्ग्रो र अन्य बन्दोबस्तीको सामानहरु समेत जफत गरी अपराधी र फरार अभियुक्तलाई जसरी पक्राउ गरि जिल्ला प्रहरीको हिरासतमा राख्नु सिंगो तामाङ जातीको धर्म संस्कृतिको जगेर्ना गर्ने बोन्बो ताम्बाहरु प्रतिको घोर अपमान र धर्म निरपेक्ष राष्ट्रमा धार्मिक तथा जातिय विवेदको पराकाष्ठा भएको उल्लेख छ ।

त्यस्तै तामाङ संस्कृतिको एक अभिन्न अंगको रुपमा रहेको बोन धर्म र यसको जगेर्ना गर्नको लागि तपस्या गर्ने बोन्बो प्रती भएको यस खालको प्रहरी दमनको घोर भर्त्सना गर्दै निज तपस्वी आशा लामालाई विना सर्त स सम्मान तुरुन्तै रिहाई गर्न विज्ञप्तिमा जोडदार माग गरिएको छ ।

घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङ्बोले जन्मभूमि पोष्टलाई दिनुभएको जनकारी अनुसार प्रहरीले उजुरी र घटनाको सत्यतथ्य बुझ्न आवश्यक रहेको ताकी एक्कासि तपस्या गरिरहेका बोन्बोलाई पक्राउ गर्नु र तपस्या स्थलबाट बलजफ्ती एउटा ठूलो अपरधिलाई जसरी पक्राउ गरिनु दु:खद र सिंगो तामाङ समुदाय प्रती अपमान भएको जानकारी दिनुभयो । स्याङ्बोका अनुसार यदि बिस्तारै लोप हुँदै गएको हाम्रो धर्म र संस्कृतीको संरक्षण गर्ने बोन्बो, लामा, ताम्बाहरु प्रती यसरी ठाडो प्रहार गर्दै जाने हो भनें नेपाल बहु धार्मिक, बहु जातिय र धर्म निरपेक्ष राष्ट्र भनेंर चिन्ने भएपनी बिस्तारै यो हराउँदै जानेछ । विज्ञप्ति;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार