गोसाइँकुण्ड अर्थात् “गोले साईबा कुण्ड” गोले मारेको कुण्ड

काठमाडौं
तामाङ समाजमा प्रचलित एउटा कथा अनुसार  गोसाईकुण्डमा एउटा विषालु नाग थियो रे । त्यसलाई मार्नको लागि गोले बोम्बो (गोले झाँक्री) श्रीमतीको साथमा गोसाईकुण्ड गए । गोले बोम्बोको शक्ति मन्त्र भनेको ढ्याङ्ग्रोमा थियो र उनले ढ्याङ्ग्रो र अक्षेता श्रीमतीलाई दिएर म अब पोखरी (कुण्ड) भित्र नाग सँग लड्न जान्छु तिमीले ढ्याङग्रो बजाउदै गर ढ्याङ्ग्रो बजाउन नछोड्नु । यदि पोखरी भित्र दुध जस्तो सेतो फिज अायो भने मैले जितेको हुन्छु र नागलाई  बाहिर ल्याएर मार्छु । त्यति बेला तिमीले जोडजोडले ढ्याङग्रो बजाएर अक्षेता छर्किदिनु यदि रातो फिज आयो भने तिमी भाग्नु त्यो मैले हारेको हुन्छु भनेर गोले बोम्बो पोखरीमा पस्यो ।

केही बेरमा पोखरीमा सेतो दुध जस्तो फिज निस्क्यो र गोले बोम्बोले अजंगको बिशाल नागलाई समातेर बाहिर निस्किदै थियो त्यति बेला गोले बोम्बोको श्रीमती नागलाई देखेर डरले थरथर काम्यो र ढ्याङग्रो बजाउन छोड्यो । जब ढ्याङग्रो बजाउन छोड्यो तब नागले गोले बोम्बोलाई पोखरी भित्र लग्यो । एकै छिनमा पोखरी राक्ताम्य भयो । यसरी शक्तिशाली गोले बोम्बोको नागद्वारा मृत्यु भयो । यसै घटनाबाट गोसाईकुण्डको नाम “गोले साईबा” अर्थात गोले मारेको बाट गोसाईकुण्ड रहन पुगेको र गोसाईकुण्डमा गोले थरका तामाङहरु जानु हुँदैन भन्ने किम्वदन्ती रहेको पाईन्छ ।

यो एउटा किम्वदन्ती कथन हो । जहाँ गोले थरका कोहि पनि जान हुँदैन भन्थे । कयौं वर्ष सम्म गोलेहरु गोसाइँकुण्ड दर्शन सम्म गर्न नगएका कयौं उदाहरण हरु छन् । सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ३ का करिब ७० वर्षे बोम्बो जित बहादुर गोले झाँक्री यो विषयमा यसो भन्नू हुन्छ । “यो उमेर पुग्दा सम्ममा उहाँ सिन्धुपाल्चोकका पाँचपोखरी, भैरबकुण्ड, छेमन कुण्ड जस्ता सबै कुण्डहरु पुगेर फर्किएपनी गोसाइँकुण्ड भनें जानलाई आँटै गर्न सकिएन । सबैले हामी गोलेहरु र गोले बोम्बोहरु त्यहाँ गयो भनें फर्किँदैन रे, हाम्रो पुर्खा बोम्बो पनि त्यहाँ नागले खानुभएको रे भन्छ्न् । जसले गर्दा जानलाई कुनै हिम्मत जुटाउनै सकिएन । “

तर अहिले २१ औँ सताब्दीमा आईसकेको हामी धेरै गोलेहरु त्यहाँ पुगेर फर्किसक्नु भएको छ । उदाहरणका लागि यहि वर्ष मात्रै नेपाल तामाङ घेदुङको संघिय अध्यक्ष मोहन गोले पुगेर आउनुभएको थियो । गोसाइँकुण्डलाई बौद्ध मार्गी र हिन्दु धर्म मान्नेहरुले आ आफ्नै धार्मिक सहिष्णुता अनुसार मान्ने गर्दछन् । बिशेष गरि यस कुण्डमा जनैपूणिर्माका दिन बृहत् मेला लाग्ने गर्दछन् । यो साल यो पुर्णिमा श्रावण १९ गतेका दिन परेको छ ।

समुद्री सतह देखि ४३८० मिटरको उचाईमा पर्ने यस कुण्ड राष्ट्रिय रुपमा मात्र नभै अन्तराष्ट्रीय स्तरमा पनि चर्चामा छ । यो कुण्ड रसुवा जिल्ला र सिन्धुपाल्चोक जिल्लाको सिमानामा अवस्थित छन् । यहाँ पुग्नको लागि नुवाकोट त्रीशुलीबाट रसुवा धुन्चे हुँदै उकालो जानू पर्छ ।

त्रिशूली हुँदै धुन्चे पुग्नुपर्छ। दोस्रो दिन धुन्चेबाट उकालो पैदल यात्रा। खन्दी, ढिम्सा चढेर चन्दनबारी -सिङगोम्पा) मा बास। तेस्रो दिन, च्योलाङपाटी, लौरीबिना उकालो, बुद्ध डाँडा (नौक्यागाङ) बाट तेर्सो लागेपछि कुण्ड -४३८० मिटर) पुगिन्छ । ६ देखि ८ घन्टा हिँड्नुपर्छ । चौथो दिन धुन्चे र पाँचौं दिन काठमाडौं । काठमाडौंको सुन्दरीजलबाट ठाडेपाटी हुँदै वा मेलम्चीबाट ठाडेपाटी भएर सूर्यकुण्ड छिचोलेर पनि पुग्न सकिन्छ । तर, सबैभन्दा राम्रो बाटो धुन्चे भएर जानु हो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार