जुगलकी चेली सन्जुको पहिलो कोसेली “कोइली त चरी” भिडियो सहित सार्वजनिक

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
सिन्धुपाल्चोक जुगल गाउँ पालिका स्थायी बासिन्दा भएकी चेली सन्जु लामा (गोईकार) को पहिलो सेलो कोसेली कोईली त चरी को अफिसियल भिडियो सार्वजनिक भएको छ । सन्जु गित संगितमा सानै देखि रुचि राख्ने गर्दथे । आज आएर उनको वर्षौं देखिको सपना पूरा भएको महसुस गरेको बताउनुहुन्छ । कला क्षेत्रमा धेरै अघि देखि रुचि भएपनी यो क्षेत्रमा आफ्नो चिनजानको नजिकको कोहि नहुँदा छिटै आउने सोच केही ढिलो भएको सुनाए । भन्छिन “यो क्षेत्रमा आफू नजिकको कोहि नहुँदा मनले चाहेर मात्र आउन नसकिने रहेछ ।”

गितको शब्द स्वर आफ्नै रहेको यस गितमा आफ्नो प्रेमिले छाडेर बिदेश गएपछी गाउँ घरकी चेली कुन अवस्थाबाट गुजृरहेकी हुन्छिन् भन्ने विषयलाई समेटिएको छ । शब्दलाई मीठो लय भर्ने काम गरेका छन् विशाल योन्जले । एरेन्ज जोगलाल लामाको रहेको छ भनें दिपेश प्रधानले मिक्सिङ गरेका छन् । सरगम स्टुडियोमा रेकर्ड गरेको गितको शब्द अनुसारको भिडियोमा निर्देशनको काम गरेका छन् जेबि जिम्वाले । त्यस्तै उत्कृष्ट दृश्यहरु छायांकन / सम्पादन / कलरिङ देखि ड्रोन समेत चलाउनुभएको छ जिग्मे मिडियाका संचालक सुर्य लामाले । भिडियोमा सन्जु लामा स्वयमलाई देख्न सकिन्छ भनें उहाँलाई सरोज तामाङले साथ दिएका छन् । त्यस्तै अन्य कलाकारहरुमा वसन्त लामा, निशा लामा गोले, ईसिका ठकुरी, सपना लामा, सोम बहादुर लामा, बिकास लामा लगायतले अभिनय गरेका छन् । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार