आफ्नै जन्मभूमि सिन्धुमा बाढी पहिरो जाँदा गायक प्रदिप लामाको मुटु दुखेपछी (भिडियो)

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
आफ्नो जन्म भुमि माटोलाई दुख्दा आफुलाई पनि दुख्छ भन्ने भावलाई बोकेको उत्कृष्ट शब्द सहितको भिडियो सार्वजनिक भएको छ । हरेक विपत्तिका समचार आफ्नै जिल्ला सिन्धुपाल्चोक बनिरहाँदा उनै सिन्धुका गायक प्रदिप लामा र छेवाङ डि स्याङ्बोको मन पनि कसो नरोला र । यस्तै विषयमा प्रस्तुत गरिएको गीत “सधै आपत र विपत किन पर्छ सिन्धु जिल्लालाई” बोल समेटिएको मनै छुने मार्मिक गितको भिडियो सहित युटुबमा सार्वजानिक गरिएको छ ।

गायक प्रदिप लामा थिङको दर्जन बढी गितहरु बजारमा आईसकेका छन् । धेरै गितको भिडियोहरु समेत बनिसकेको छ । मनमनै, मोहनी लाईदिउँ कि, मायालु ले, गाउँछु म सेलो जस्ता गित अनि भिडियो चर्चामा छन्  ।युट्युबमा गै प्रदिप लामा थिङ सङ एण्ड भिडियो टाईप गरि सर्च गरे उहाँको गित अनि भिडियोहरु हेर्न सकिन्छ । मिठो स्वरका धनी प्रदिप सांगितिक क्षेत्रमा अरोरात्र खट्दै अघि बढ्ने क्रममा हुनुहुन्छ । एकपछी अर्को गर्दै सांगितिक कोशेली ल्याईरहेका लामा दर्शक श्रोताहरुको मन जित्ने कोशिसमा रहेको जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

गायक लामा र स्याङबोको स्वर रहेको गीतको भिडियो भनें प्रदिप लामाको अफिसियल युटुब बाट सार्वजानिक भयको हो । छेवाङ डि स्याङबोको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन भने कर्साङ लामाले गरेका छन ।

पारिजात स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनि सम्पादन पनि कर्साङ लामालेनै गरेका हुन । जिग्मे मिडियाका सुर्य लामाले छायांकन सम्पादन गरेको भिडियोमा गायक दुबैलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार