मृर्गौला पीडित पाल्देन उपचार खर्च नभएर नाजुक अवस्थामा, सहयोगको अपिल

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ स्थित लामाथोकका ३२ वर्षीय पाल्देन लामा दुवै मृगौलाले काम गर्न छोडेपछि मर्नु र बाँच्नुको दोसाँधमा छन्  । दुई सन्ताकका पिता पाल्देन रोजगारीको लागि दुई वर्ष अघि मलेसिया पुगेका थिए, जहाँ उनलाई स्वास्थ्यमा समस्या आयो । ३ महिना मात्र त्यहाँ बसेर कमाउन गएका उनी फर्किनु पर्यो ।

हाल सम्ममा उपचारकै लागि करिब १५ लाख खर्च भैसकेको छ । आफन्तजनको ऋणमा समेत डुबेको बताउँछन् उनकि श्रीमती । हप्ताको दुई पल्ट डाईलाईसिस गर्न २० हजारको दरले राष्ट्रिय मृगौला उपचार केन्द्रमा खर्च लाग्छ तर त्यो खर्च न त जुटाउन सकिरहेको छ न त कमाउन ? पाल्देन भावुक हुँदै भन्छन् अब बाँच्ने दिन सकिएजस्तो छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण पाल्देन हारगुहार गर्दै साथिभाई, ईष्टमित्र सम्मलाई सरसहयोग र सापटी पनि लिसके । ईन्द्रावती गाउँ पालिकाले पनि उपचारको लागि उहाँलाई १ लाख सहयोग गरिसकेको बताउनुभयो । त्यो सबै उपचार मै सकिएको सुनाउनुहुन्छ ।
सकेको सरसहयोग सबैबाट पाए केही वर्ष अझै बाँचेर दुई सन्तानलाई हुर्काउने रहर रहेको बताउनुहुन्छ । त्यस्तै आफ्नै साइलो भाइ उर्गेन सिङ्गेले उनलाई एउटा मिर्गौला दिन तयार छन् । तर, मिर्गौला प्रत्यारोपणको लागि पर्ने आवश्यक पर्ने करिब १४ लाख रकम जुटाउन गाह्रो भएको उनले सुनाए । सम्पर्क नं. 9845187891

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार