श्रीमतीको मृगौला डाईलाईसिस गर्न दिन रात ज्यामी काम गर्दै ईन्द्रसरोबरका श्याम स्याङ्बो

४ वर्ष देखि मृत्यु संग लड्दै दुवै मृगौला पिडित ईन्द्रसरोबरकी माया स्याङ्बो सहयोगको आशामा

  प्रीतम कुमार तामाङ

काठमाडौं
विगत ४ वर्ष देखि माया वर्ष ३८ कि माया स्याङ्बो दुवै मृगौलाले काम गर्न छोडेपछी मर्नु र बाँच्नुको दोसाँधमा जिईरहेकी छिन् । आर्थिक स्थिती अति विपन्न मायाको माईतीघर उदयपुरको गाईघाट हो भनें श्रीमानको घर मकवानपुर साविक मार्खु गा.बि.स. वडा नं. ७, हालको ईन्द्रसरोबर गाउँ पालिका वडा नं. १ मा पर्दछ । अहिले अस्थायी रुपमा एक छोरा र एक छोरी सहित काठमाडौं बौद्ध नयाँ बस्ती बस्दै आएको छ । छोरा १७ वर्षको अब ११ कक्षामा पुगेका छन्  भनें छोरी ५ मा ।

४ वर्ष देखि मृगौलाको डाईलाईसिस गर्दै सास भने फेर्दै छिन माया । उनलाई श्रीमानले दिनरात नभनी ज्यामी काम गर्दै डाईलाईसिस गर्दै आएको छ । श्याम भन्छन् “सास हुन्जेल आश” जब सम्म मेरो प्राणले थेग्छ म जस्तो सुकै काम गरेर पनि श्रीमतीलाई बचाउने छु । उसो त श्रीमतीलाई उपचार गर्दा गर्दा कमाएको र आफन्तजनको लाखौं ऋण समेत लागेकोमा उनलाई कसरी तिर्ने भन्ने चिन्तले सताईरहेको छ । श्याम मन मनै सोच्छन् मृगौला फेर्न त परै जाओस् डाईलाईसिस गर्न पनि धौधौ छ । झन त्यही माथी कोरोनाको कारण लकडाउनले गर्दा अत्यन्तै समस्यामा परेको सुनाउँछन् । लकडाउनका कारण हप्ताको २ पल्ट गर्नुपर्ने डाईलाईसिस गर्न न त काम न त दाम भएपछी अति समस्या परेको थियो । त्यस्तै अस्पताल सम्म आउन जान सक्ने स्थिती पनि थिएन उनिहरुलाई । जसले गर्दा अब बाँच्ने दिन धेरै छैन जस्तो लागेको थियो मायालाई । यस्तैमा नयाँ बस्ती छिमेकमा बस्ने छिमेकीहरुले उनिहरुको समस्या थाहा पाए । त्यसपछि मनका दानी व्यक्तित्वहरुले केही नगद र रासन उपलब्ध गराए, जसले उनिहरुलाई केही राहत मिल्यो ।
अहिले माया स्याङ्बोको नेशनल किड्नी सेन्टर बनस्थलीमा उपचार भैरहेको छ ।

यसरी नै अझै बढिरहेको लकडाउनले गर्दा निर्माणको कामहरु ठप्प छन् जसले गर्दा श्यामलाई एकातिर कसरी श्रीमती बचाउने र कसरी परिवार चलाउने भन्ने चिन्तले च्यापिरहेको छ । ऋण लिउँ भने कसैले पत्याउने ? काम गर्न जाउँ कहाँ जाने ? कतै काम भएको छैन । हो, बस कोहि मनका दानी व्यक्तित्वहरुले सकेको सहयोग गरिदिए उनकी श्रीमतीको डाईलाईसिस र परिवारको हातमुख जोर्ने बाटो मिल्थ्यो कि ?

श्याम स्याङ्बो ( माया स्याङ्बोको श्रीमान ) सम्पर्क नं. 9803229405

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार