अन्ततः स्वयम्भूको हजार बुद्ध मुर्ति चैत्य भत्काउने निर्णयबाट पछि हट्यो नेपाल सरकार

  प्रीतम कुमार तामाङ

काठमाडौं
चक्रपथ विस्तारको क्रममा मन्त्री परिषदबाट निर्णय भएको स्वयम्भू स्थित हजार मुर्ति रहेको चैत्य नभत्काईने सहमति भएको छ । नेपाल सरकारले गरेको निर्णयबाट असन्तुष्ट बनेका बौद्ध मार्गीहरुले यो विषयमा व्यापक बिरोध गरेका थिए ।

बौद्ध मार्गीहरु बौद्ध सम्पदा माथी सडक बिस्तारको नाममा क्षति पुग्ने भनेपछि आन्दोलित बनेका थिए । स्वयम्भू बचाऔं अभियान नै खडा गरि विभिन्न चरणबद्द आन्दोलन घोषणा गरेका अभियानले सम्माननीय प्रधानमन्त्री केपी ओली, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वधार तथा यातायात मन्त्री माननीय बसन्त नेम्बाङ, सचिव, सडक विभागका महानिर्देशक र पुरतत्व विभागका महानिर्देशक संग गरिएको छलफलबाट उक्त चैत्यलाई बचाएर सडक विस्तार गरिने सहमति भएको हो ।

यसरी सरकार लगायत सम्बन्धित निकाय सकरात्मक भएकोले सन्बन्धित निकायको ध्यानकार्षण गर्न पूर्व घोषित मंसिर २७ गते विहान शनिबारको शान्ति -याली र हस्ताक्षर संकलन कार्यक्रम समेत नहुने अभियानले जानकारी दिएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार