सिन्धुपाल्चोकको प्रसिद्ध गौराती जात्रा यो वर्ष स्थगित

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, दिपक कार्की
प्रत्येक कार्तिक पुर्णिामा बाट सुरु हुने सिन्धुपाल्चोकको प्रसिद्ध गौराती जात्रा यो बर्षको लागि स्थगित गरिएको छ।बढ्दो कोरोना भाइरस जोखिमको कारण यहि मंसिर १५ गते बाट सुरुहुने जात्रा स्थगित गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले मेलामा हुने भिडभाडका कारण कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै मेला स्थगित गर्न अनुरोध गरेपछि यो बर्ष लामो समयदेखि चल्दै आएको मेला स्थगित गरिएको गौराती बिकाश मञ्चका अध्यक्ष वाङ्गेल लामा ले बताउनु भयो ।

प्रत्येक कार्तिक पुर्णिामा को दिन बाट ३ दिन सम्म संचालन हुने मेला मा राष्ट्र भरिबाट हजारौं को संख्यामा भक्तजन मेला भर्न आउने गर्थे।पराबुर्बकालमा एउटा गाइले मध्य रातमा हाल मन्दीर भएको थुम्कोमा दुध दिने गरेको र सो रहस्य चाल पाएपछि गोठालो ले सो ठाउँ उत्खनन गरि हेर्दा दिब्य प्रकट भै मेरो नित्य पुजाआजा गर्नु मनोकाङक्षा पूरा हुन्छ भनि अन्तरध्यान भएको र सोही समयबाट मेला भर्न थालिएको जनबिस्वास छ।

गौ अर्थात गाई र राती गाइले दुध दिएको हुनाले गौराती नामाकरण गरिएको अध्यक्ष लामाले जानकारी दिनु भयो। परापुर्बकाल देखि चल्दै आएको मुल पुजा भने सुचारु हुने पनि अध्यक्ष लामाले जानकारी दिनु भयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार