बन्देउ सशस्त्र प्रहरी र गोताखोरको टिमले खोलामा हराईरहेका बि.क.को शव फेला

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको बलेफी गाउँपालिका वडा नं. २ को वीर बहादुर बि.क. को शव आज झोलोङ्गे भन्ने स्थानमा फेला पारेको छ। सशस्त्र प्रहरी गण नं. १६ बन्देउका सशस्त्र प्रहरी निरीक्षक केदार क्षेत्रीको नेतृत्वमा खटेको २० जना र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा काठमाडौंबाट आएका ७ जना गोताखोरको टोलिले आज बि.क. को शव ब्रम्हायणी नदिबाट निकालेका हुन्।

बि.क. चैत्र ४ गतेदेखि खोलामा हराईरहेका थिए। उनको शव आज अन्दाजी २:१० बजे फेला पारेको स्थानीयले बताए। मृत्युको कारण भनें पत्ता लागेको छैन। उनको शव फेला पार्न साथ वडा नं. २ का वडा अध्यक्ष छविलाल न्यौपानेको रोहवरमा परिवारलाई आजै बुझाएको छ।

सशस्त्र प्रहरीले आपत विपतमा ज्यान दिएर उद्घारमा निरन्तर खट्दै आएको छ। आजै भोटेकोसी नदिमा अर्का बेपत्ता एक जनाको सशस्त्रद्वारा खोजीकार्य भैरहेको जानकारीमा आएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार