बलेफीले अवैधानिक रुपमा गाउँसभा गरेरै छाड्यो, उपाध्यक्ष लामा अनुपस्थित

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको बलेफी गाउँपालिकामा १४ औं गाउँसभा अवैधानिक रुपमा गरेरै छाडेको छ। १३ औं गाउँसभा अर्थात वर्षे अधिवेशन गत असार ७ गते देशकै पहिलो गाउँसभा भन्दै प्रचार गरेको बलेफीले गाउँसभा पारित गरेको ४७ करोड ६ लाख ८७ हजार १ सय २१ विनियोजित गरेको थियो। त्यसपछि कार्यपालिका बैठकमा समेत कुनै कुरै नउठाई करिब ४ महिना पश्चात् रातो किताब निकालेका थिए।

गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ र प्रशासकीय प्रमुख रेवन्त दाहालको गुपचुपले करिब ५ करोड ६० लाख बजेट थपेर रातो किताब ५२ करोड ६५ लाख ९३ हजार १०८ बराबरको बजेट बनाएको थियो। त्यसपछि हरेक कार्यपालिका बैठकमा विवाद उठ्यो। त्यसलाई मिलाउन उपाध्यक्ष लामाले पटकपटक विशेष अधिवेशनको माग गरेपनि हिउँदे अधिवेशनमा मिलाउछु भन्दै अध्यक्ष तामाङले टार्दै आएको उपाध्यक्ष लामा बताउँछन्।

यस विषयमा हिउँदे गाउँ सभा गर्न पौषमा पटकपटक कार्यपालिका बैठक बसेतापनि मिल्न सकेन। कारण अध्यक्ष तामाङ अवैधानिक रुपमा थपेर ल्याएको बजेट काट्न नमान्ने र अर्को पक्ष त्यसलाई मानेर नजाने भन्दै निर्णय हुन सकेन र हिउँदे अधिवेशनको समय नाघ्यो। त्यसपछि एकै पल्ट करिब ३ महिना पछी मात्र कार्यपालिका बैठकमा गाउँसभा गर्ने प्रस्ताव उठ्यो। जुन चैत्र १ गतेको कार्यपालिका बैठकले आज चैत्र ४ गते गर्ने निर्णय गरेका थिए।

पालिका अध्यक्ष गंगाबहादुर तामाङ र प्रशासकीय अधिकृत रेवन्त दाहाल

यसरी ३ दिन भित्रै सभा गर्ने र अवैधानिक बजेटको विषय समेत कुनै छलफल नगरी अघि बढेपछि उपाध्यक्ष लामाले विरोध गरेका थिए। जुन विषय स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत हुने कारण देखाउँदै उनले सभा नगर्न, नगराउन अध्यक्ष तामाङलाई पत्र सहित आग्रह गर्नुभयो। तर पनि उपाध्यक्षले अवैधानिक सभा भन्दा भन्दै गरेरै छाडेको छ। उपाध्यक्ष लामा भनें उक्त सभामा उपस्थित नै भएनन्।

अवैधानिक सभा नगर्न अध्यक्षलाई बुझाएको निवेदन

यस विषयमा उपाध्यक्ष सरु लामा तामाङले यस प्रकार प्रेस विज्ञप्ति जारी गर्नुभएको छ;

उपाध्यक्ष लामाले जारी गरेको प्रेस विज्ञप्ति

आदरणीय पत्रकार महानुभावहरु,
बलेफी गाउँपालिकाका आम जनसमुदायहरु,
बलेफी भित्रका बुद्धिजीवी मित्रहरुमा नमस्कार ।

विषय : प्रेस विज्ञप्ति ।

उपरोक्त सम्बन्धमा यस बलेफी गाउँकार्यपालिकाको मिति २०८० चैत्र १ गते गरिएको निर्णय अनुसार चैत्र ४ गते १४ औं गाउँसभा गर्ने भनी गरिएको निर्णय प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ मा सभाको बैठक सामान्यतया वर्षको दुईपटक बस्नेछ, र उपदफा ४ मा “सभाको बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसुची सहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा सात दिन अगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनु पर्नेछ।” भन्ने स्पष्ट ऐन, कानुन हुँदा हुँदै उक्त कानुनलाई मिच्दै अघि बढेकोमा घोर आपत्ति जनाउन चहान्छु। कानुनी व्यवस्था अनुसार हिउँदे अधिवेशन गत पौष भित्रै गर्नुपर्ने थियो । तर अहिले करिब ९ महिना अर्थात आज चैत्र ४ गते गर्ने भनिएको गाउँसभा कानुन बमोजिम अवैधानिक रहेको सबैमा जानकारी गराउन चहान्छु। यसरी खुलेआम ऐन, कानुनको धज्जी उडाउँदै अवैधानिक बजेट बनाउनु, सभा बस्नु जनताको मतको घोर अपमान हो र कानुनी राज्यको खिलाफ हो, सुशासनको धज्जी उडाउनु हो । ऐन, कानुनले दिएको क्षेत्राधिकार भन्दा बाहिर गई हुने सभामा म आफू कुनैपनि हालतमा उपस्थित हुन नसक्ने व्योहोरा अवगत गर्न चहान्छु । साथै, सम्पुर्ण गाउँसभा सदस्य ज्युहरुलाई समेत आफ्नो मर्यादालाई ख्याल राख्दै अवैधानिक सभामा उपस्थित नहुनका लागि आग्रह समेत गर्दछु। अन्तमा, सुशासन, विकास, जनताको सेवाको लागि वैधानिक ऐन, कानुनले तोकिए बमोजिम आफुले प्राप्त गरेको अधिकारमा रहेर काम गर्नेछु भन्ने प्रतिबद्धता जाहेर गर्दछु। धन्यवाद।

सरु लामा तामाङ
उपाध्यक्ष बलेफी गाउँपालिका
मिति: २०८०/१२/०४ गते

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार