काठमाडौं
काठमाडौँको तारेभिरमा सुस्मा तामाङको हत्या आरोपमा २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार सार्वजनिक गरेको छ। उपत्यका प्रहरी अनुसन्धान कार्यालयले गोकर्णेश्वर ३ कि सुस्माको मृत लास खाल्डो खनेर पुरेको अवस्थामा भेटाएका थिए।
आरोपित लामाले मृतक सुस्मालाई एकतर्फी प्रेम गर्ने गरेको र पटकपटक प्रस्ताव राख्दा अस्विकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
बुढानीलकण्ठ माविमा प्लस टु पढ्दै गरेकी सुस्मालाई हत्या गर्ने योजनाका साथ रुपेन्द्रले ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसेको प्रहरी बताउँछन्। यसरी माघ २२ गते बिहान एक्लै कलेज जाने क्रममा हत्या गरि कुटोको सहायताले खाल्डो खनेर पुरेको प्रहरी निष्कर्ष छ।