सिन्धुपाल्चोक
नेपाल तामाङ घेदुङ सुनकोसीले यहि फागुन १९ गते शनिबार बृहत सोनाम ल्होछार कार्यक्रम मनाउने भएको छ। बौद्धमार्गीहरुको महान पर्व ल्होछारलाई गाउँ गाउँ, टोलटोल र घर घरमा पुर्याउने उद्देश्यले एवं ल्होछारक वास्तविक महत्व बुझाउन कार्यक्रम गर्न लागेको आयोजक पालिका घेदुङका अध्यक्ष सोनाम मोक्तानले बताउनु भयो।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सह अध्यक्ष कुमार घिसिङ तामाङको प्रमुख आतिथ्यता एवं बुद्धछिरिङ मोक्तान प्रमुख वक्ताको रुपमा उपस्थित हुनेछन्। साथै बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत विशिष्ट अतिथि र विभिन्न पालिकाका अध्यक्ष उपाध्यक्षहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछन्।
साथै उक्त कार्यक्रमलाई सांस्कृतिक रुपमा भव्य बनाउन ख्याति प्राप्त कलाकारहरु बैरागी मोक्तान, अञ्जु थोकर, प्रीतम गोले, रोश्ना लुङ्बा, बुद्धिमान तामाङ, विजय तामाङ, गोकुल तामाङ र सञ्जीव श्रेष्ठले प्रस्तुति दिनेछन्। साथै नेपाल तामाङ मौलिक ह्वाई ला न्हानको टिमले मौलिक गित मार्फत मनोरञ्जन दिलाउने छन्।
कार्यक्रमलाई सुनकोसी गाउँपालिका र विभिन्न ल्होछार प्रेमी महानुभावहरुको आर्थिक सहयोगमा सम्पन्न गर्न गइरहेको छ। साथै कार्यक्रमलाई जाम्बाला सेवा समाजले प्रायोजन गरेका छन्। कार्यक्रम सुनकोसी ५ वडा कार्यालय, सुनखानी डाँडामा हुने भएको छ। आयोजकले सम्पुर्ण ल्होछार प्रेमीहरुलाई अनिवार्य उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।