चर्चित गायिका रिमाल सहितले लामोसाँघु बृहत् ल्होछार कार्यक्रममा धुम मचाउने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको बलेफी गाउँपालिका वडा नं. ८ स्थित लामोसाँघु बृहत् ल्होछार कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष चरीबहादुर तामाङले बताउनुभयो। लामोसाँघु युवा क्लब र तामाङ सेवा समाजको सहकार्यमा हुन गइरहेको कार्यक्रममा चर्चित गायिका रचना रिमाल सहित दर्जनौं कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछन्। गायिका रिमालको सिन्धुपाल्चोकमा यो पहिलो सांगीतिक प्रस्तुति हो।

सेलो प्रस्तुती तर्फ प्रीतम गोले, बलबहादुर वाइबा, तेज थिङ लगायतका कलाकारहरु उपस्थित हुनेछन्।

यस वर्ष संसारभरीका तामाङहरुले २८६० औं डुक ल्हो मनाउँदै छ। ल्होछार तामाङ जातिको सांस्कृतिक महान पर्व हो। हाल यस पर्वलाई तामाङहरुको भाषा, कला, भेषभुसा, रितिरिवाज, संस्कृतिलाई प्रवर्द्धन गर्दै तामाङ एकता देखाउने दिनका रुपमा समेत लिँदै आएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार