जुगल ७ याङ्लाकोट बृहत् ल्होछार कार्यक्रमको तयारी पूरा, २२ गते सबैलाई निमन्त्रणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँपालिका वडा नं. ७ को आयोजनामा याङ्लाकोट बृहत् ल्होछार कार्यक्रम हुने भएको छ। यहि माघ २२ गते सोमबारका दिन हुने कार्यक्रम सम्पुर्ण तयारी पूरा भएको वडा अध्यक्ष रबि लामा (समीर) ले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता, बागमती प्रदेश माननीय द्वय सरल सहयात्री, कृष्णकुमार तामाङ (समीर), नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल श्रेष्ठ, अध्यक्षका प्रत्यासी उम्मेदवार जयबहादुर लामा विशेष अतिथिका रुपमा उपस्थित हुनेछन्। उक्त कार्यक्रमको सभापतित्व भनें वडा अध्यक्ष लामाले गर्नेछन्।

सिन्धुपाल्चोकको बाक्लो तामाङ बस्ती रहेको याङ्लाकोटको ल्होछार कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि ख्याति प्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति समेत रहनेछन्। जसका लागि श्री तामाङ, सन्जिव वाइबा, सुभाष मोक्तान, अञ्जु थोकर, प्रीतम गोले, नायक इश्वर लामा लगायत याङ्लाकोट पुग्नेछन्। साथै स्थानीय लामा, बोन्बो झाँकी र स्थानीय प्रस्तुतिहरु समेत बेजोड हुने आयोजकले जानकारी दिनुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार